4 years ago
May 20, 2022
एजेन्सी – लन्डन क्लब चेल्सी र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो ।

स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लेस्टरका जेम्स म्याडिसनले गोल गर्दा घरेलु टोलीका मार्काेस अलन्सोले बराबरी गोल फर्काए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको छैटौं मिनेटमा जेम्स म्याडिसनको गोलबाट चेल्सी खेलमा पछि परेको थियो । ३४औं मिनेटमा रिस जेम्सको पासमा अलन्सोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै चेल्सीले यो सिजनको प्रिमियर लिगमा तेस्रो स्थान पक्का गरेको छ । चेल्सीको ३७ खेलबाट ७१ अंक पुगेको छ । लिगको अन्तिम खेलमा हार र अर्काे खेलमा टोटेनहमले जित निकालेपनि गोल अन्तरमा चेल्सी अघि रहनेछ । लेस्टर ४९ अंक जोडेर नवौं स्थानमा रहँदा अर्काे सिजन युरोपेली लिगमा देखिनेछैन ।
अर्काे खेलमा एस्टन भिल्ला र बर्नलेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बर्नलेका एस्ले बार्न्सले गोल गर्दा भिल्लाका इमिलियानो बुएन्डियाले बराबरी गोल फर्काए ।
यो बराबरीसँगै भिल्ला ४५ अंक जोडेर १४औं स्थानमा रहँदा बर्नली ३५ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ । अब लिगको अन्तिम खेलबाट नै रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसक्दा अब बर्नले र लिड्समध्ये एक टोली रेलिगेसनमा पर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]