9 years ago
December 10, 2016
एजेन्सी (लण्डन) – प्रीमियर लिगमा नतिजा उल्टाउदै आर्सनल स्टोक बिरुद्ध जित्दै प्रीमियर लिगको शिर्षस्थानमा पुगेको छ । १-० को नतिजाबाट ३-१ ले जित्दै आर्सनल अंक तालिकमा चेल्सिसङ अंक र गोल भिन्नतामा बराबर रहे पनि चेल्सी भन्दा धेरै गोल गरेको आधारमा शिर्ष स्थानमा पुग्यो ।

झाकाले जो एलेनलाई बक्समा फल गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै पुर्व चेल्सी तथा लिभरपुलका मिड्फिल्डर चार्ली एडमले स्टोकलाई अग्रता दिलाएका थिए । तर हाल्फ अघी गोल गर्दै वालकटले आर्सनललाई पहिलो हाल्फमा खेलमा फर्काएका थिए ।
दोस्रो हाल्फमा ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने अलेक्स अवोबिले गोल गर्दै आर्सनलको जित पक्का गरे ।
अन्य खेलहरुमा वाट्फर्डले एभेर्टनलाई र बर्नलिले बोउर्नेमाउथलाई ३-२ ले हरायो भने स्वान्सी सिटिले सन्डर्ल्यान्ड्लाई ३-० ले हरायो । त्यस्तै हल सिटी र कृस्टल प्यालेसले ३-३ को बराबरी खेले ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]