default_image

4 years ago

May 23, 2022

लिभरपुल १ अंकले उपाधिबाट वञ्चित

224 views

0 Bookmark

एजेन्सी – अन्तिम खेलमा जित निकालेपनि यो सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधिबाट वञ्चित बनेको छ ।

प्रिमियर लिगको अन्तिम खेलमा वल्भ्समाथि ३–१ को पूनरागमन जित निकालेपनि अर्काे खेलमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर ३–२ को पूनरागमन जित निकाल्दा लिभरपुल उपाधिबाट वञ्चित बन्न पुग्यो ।

निकै नै रोमाञ्चक बनेको अन्तिम म्याच डेको नतिजापछि लिभरपुल शीर्षस्थानको सिटीसँगै केवल १ अंकले पछि पर्यो । सिटीले ३८ खेलबाट ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो । वल्भ्सले ५१ अंक जोडेर १०औं स्थानमा लिग अन्त्य गरेको छ ।

एनफिल्डमा बुधबार राति भएको खेलको तेस्रो मिनेटमा पेड्रो नेटोको गोलबाट लिभरपुल पछि परेको थियो । उनले राहुल जिमिनेजको पासमा गोल गरेका थिए । २४औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८४औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । उनले जोएल मटिपको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८९औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाएपनि उपाधि जित्न पर्याप्त बनेन ।

लिभरपुलले यो सिजन एफए कप र इंग्लिस फुटबल लिग कपको उपाधि जितिसकेको छ । अब लिभरपुलले २८ मेमा युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस क्लब रियल म्याड्रिडसँग खेल्नेछ । उक्त खेलमा च्याम्पियन बन्न सके लिभरपुलले सिजनको तेस्रो उपाधि जित्दै सिजन अन्त्य गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.