4 years ago
May 24, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज युवा फरवार्ड फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको छ । लिभरपुलले १९ वर्षीय फरवार्डलाई च्याम्पियनसिप क्लब फुलहमबाट अनुबन्ध गरेको हो ।

लिभरपुलले फुलहमबाट ८ मिलियन पाउन्डमा कार्भाल्होलाई अनुबन्ध गरेको हो । कार्भाल्हो जुलाई १ बाट लिभरपुलमा जोडिनेछ । कार्भाल्होले सन् २०२१–२२ को सिजन फुलहमका लागि ३६ खेलमा १० गोलसँगै आठ असिस्ट दिएका थिए । फुलहमका लागि उनले ५० खेल खेल्दा १२ गोल गरेका छन् ।
फुलहमले च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सहस्य रहेका थिए । उनले पोर्चुगलको यु–२१ टोलीबाट पनि खेलिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]