default_image

3 years ago

May 24, 2022

भेट्रान गोलरक्षक नुयर बायर्नमै रहने

212 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक तथा कप्तान म्यानुएल नुयरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार आफ्नो भेट्रान गोलरक्षक नुयरले सम्झौता नवीकरण गरेको जनाएको छ । जर्मन गोलरक्षक नुयरले थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब सन् २०२४ सम्म बायर्नमा रहनेछन् । बायर्नले यस सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जित्ने क्रममा नुयरले १० क्लिन सिट राख्न सफल भएका थिए ।

३६ वर्षीय नुयर सन् २०११ मा साल्केबाट बायर्न आएका थिए । त्यसयता उनी बायर्नको नियमित र पहिलो रोजाईको सदस्य छन् । नुयरले बायर्नका लागि ४ सय ७३ खेल खेलिसकेका छन् ।

उनले बायर्नबाट १० पटक बुन्डेसलिगा, ५ पटक डिएफवी पोकल, ६ पटक डिएफवी सुपरकप, २ पटक च्याम्पियन्स लिग, २ पटक युइएफए सुपर कप र २ पटक फिफा क्लब विश्वकप जितेका छन् ।

November 7, 2025

झापा महिला गोल्डकप- ४ खेलमा ११ लाख बढीको टिकट विक्री

दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

November 7, 2025

झापा महिला गोल्डकप – विभागीय टोलीकै दबदबा

दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]

November 6, 2025

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी […]

Success

Thank you for your time.