4 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले छनोट खेल्ने एसियाका ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो ।
यो समूहको खेल अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ । समूह विजेता हुने राष्ट्रले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।
हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले एसियन कपमा स्थान बनाउनेछ । १० समूह विजेता राष्ट्र र ५ उपविजेता राष्ट्रले एएफसी यू–१७ एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् ।
समूह विभाजन
समूह ‘ए’ – जापान, जोर्डन (आयोजक), सिरिया, फिलिपिन्स र तुर्केमिनिस्तान
समूह ‘बी’ – इन्डोनेसिया (आयोजक), मलेसिया, प्यालेस्टाइन, गुआम र युएईं
समूह ‘सी’ – ओमान (आयोजक), इराक, कतार, लेवनान र बहराइन
समूह ‘डी’ – भारत, साउदी अरेविया (आयोजक), म्यानमार, माल्दिभ्स र कुवेत
समूह ‘ईं’ – यमन, बंगलादेश (आयोजक), सिंगापुर र भुटान
समूह ‘एफ’ – थाइल्यान्ड, भियतनामा (आयोजक), चाइनिज ताइपेइ र नेपाल
समूह ‘जी’ – अष्ट्रेलिया (आयोजक), चीन, कम्वोडिया र नर्दन मारियाना आइल्यान्ड
समूह ‘एच’ – ताजिकिस्तान (आयोजक), अफगानिस्तान, टिमोर लिस्टे र मंगोलिया
समूह ‘आईं’ – इरान, हङकङ, किर्गिस्तान (आयोजक) र लाओस
समूह ‘जे’ – दक्षिण कोरिया, ब्रुनाई, उज्वेकिस्तान (आयोजक) र श्रीलंका

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]