default_image

4 years ago

May 24, 2022

नवयुग राष्ट्रिय टोलीको कप्तान

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको छ ।

नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र सिनियर खेलाडी रोहित चन्द टोलीमा समावेश नभएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

अब नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलका लागि कप्तानी गर्नेछन् । नेपाली टोली एएफसी एसियन कप छनोटको खेलको थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ । टोलीलाई बिदाई गर्न आयोजति कार्यक्रममा नवयुगलाई कप्तानको घोषणा गरेको हो ।

राष्ट्रिय टोलीका सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादपछि खेलाडीको पक्षमा देखिएका कप्तान किरणलाई एन्फा तथा प्रशिक्षक अलमुताइरीले कुनै खबर नगरी राष्ट्रिय टोलीमै समावेश गरेनन् ।

कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीमा रहेका छैनन् ।

अन्तिम टोली :

गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.