4 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबलर वसन्त गौचनले जापानको टोकियामा रहेको चोफुओच्का सकर क्लबको युथ टोली सम्हालेका छन् । चोफुओच्काले युथमा टोकियोको टी लिग खेल्छ । कोभिड–१९ का कारण यसपटक ढिला गरी यो लिग सुरु भएको छ ।
गौचनका अनुसार अप्रिल देखि टी लिग सुरु भइसकेको छ । चोफुओच्काले तीन खेल खेलिसकेको छ । टोलीले एक खेलमा जित, एकमा बराबरी र अर्को खेलमा हार बेहोरेको छ । टी लिगमा ६८ टोली छन् र विभिन्न समूह बनाएर वर्षभर लिग खेल्ने छ । चोफुओच्काले आफूलाई एक वर्षका लागि अनुबन्धन गरेको गौचनले जानकारी दिए ।
‘जापानको क्लबमा युथ टोली हेर्न पाउनु मेरो लागि अवसरसँगै ठूलो चुनौती हो । विदेशी प्रशिक्षकका हिसाबमा आफैलाई सिक्न पाउने अवसर हो , उनले हाम्रो खेलकुदसँग भने, जापानीहरुको आफ्नै फुटबल संस्कार हुन्छ, त्यसमा मैले के थप्न सक्छु त्यो महत्वपूर्ण हो । पुरानो क्लब भएकाले यसमा खेलाडीको अभिभावकको ठुलो समर्थनमा छु ।’
गौचनले एउटा नेपालीले जापानमा युथ टोली पाउनु भनेकै ठुलो सफलताको रुपमा लिएका छन् । युथ आफ्नो रोजाई पनि रहेको र भविष्यमा नेपाल फर्केर युथमै केन्द्रित हुन चाहेको गौचन बताउछन् । गत वर्ष चोफुओच्का टी लिगको मध्य स्थानमा थियो । अहिले त्योभन्दा लाने चुनौती आफू सामु रहेको उनले बताए ।
जन्मथलो पोखरामा ड्याम साइडबाट फुटबल यात्रा सुरु गरेर पोखरा फुटबल क्लब हुदैं रानी पोखरी कर्नर टिम, मनाङ मस्र्याङदी क्लब, न्यु रोड टिमबाट क्लब फुटबल खेलेका गौचनले नेपालको यू–१६ देखि राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका थिए ।
४० वर्षे गौचन झण्डै डेढ दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका छन् र पछिल्लो एक दशक उनी फुटबल प्रशिक्षणमा छन् । एफएसीबाट प्रो लाइसेन्स गरिसकेका गौचनले पछिल्लो ७ वर्ष फनरुट्स एकेडेमीमा अनुबन्धित थिए । त्यसअघि जाक्पामा उनले दुई वर्ष बिताए । फनरुट्सकै सम्बन्धमा आफू चोफुओच्कामा पुगेको गौचनले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]