3 years ago
May 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक दिनको समय बाँकी रहेको छ । एन्फाको निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्मका लागि मनोनयन दर्ताको समय तोकेको थियो ।
एक दिन अघि बुधबार सम्म विभिन्न २१ पदका लागि ५० जनाको उम्मेदवारी परेको छ । एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । बुधबार सम्म वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्यानलसहित अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । शेर्पाले सोमबार आफ्नो समूहसहित उम्मेदवारी दर्ता गराएका थिए । नेम्बाङले सोमबार मनोनयन दर्ता गरेपनि उनको समूहका अधिकांशले बुधबार उम्मेदवारी दिएका छन् ।
नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षका रुपमा अहिले उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । शेर्पा समूहले शिक्षित पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा प्रस्तुत गरेको छ । उपाध्यक्षमा दुवै समूहका समान ४ जनाले उम्मेदवारी दिएका छन् ।
नेम्बाङको समूहबाट ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार शेर्पा समूहबाट एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यद्वय दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
नेम्बाङकोतर्फबाट भोजपुर एन्फा प्रविण सुवाल, ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत र काभ्रेका विकास नारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अनौपचारिक रुपमा प्यानल भनिएपनि उम्मेदवारी दर्ता भने स्वतन्त्र रुपमा गर्नुपर्ने हुन्छ । नेम्बाङ समूहमा रहेका भनिएका बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
शेर्पा समूहबाट मणिकुमार लिम्बु, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, मनिष जोशी, रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका थिए । २ महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठले मनोनयन दर्ता गराएका थिए ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले भने मनोनयन दर्ता गर्न बाँकी रहेको छ ।
एन्फा निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार
अध्यक्ष पदका उम्मेदवार : १ पदका लागि २ उम्मेदवार
पंकजविक्रम नेम्वाङ्
कर्मा छेरिङ्ग शेर्पा
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार : १ पदका लागि २ उम्मेदवार
शिक्षित पराजुली
विर बा. खड्का
उपाध्यक्ष पदका उम्मेदवार : ४ पदका लागि ८ उम्मेदवार
विराटजंग शाही
दावा लामा
सुन्दरनरसिंह जोशी
दीपक खतिवडाले
उपेन्द्रमान सिंह
दीर्घबहादुर केसी
रत्नकुमार श्रेष्ठ
विज्ञानराज शर्मा
केन्द्रिय सदस्य पदका उम्मेदवार : १३ पदका लागि ३३ उम्मेदवार
भरत बढ थापा
दिपेन्द्र धिमाल
भोजराज शाही
अनिल मल्ल
रविन्द्र चन्द
मानदेव हजरा
तपेश्वर कुमार राउतकुर्मी
मणिराज विष्ट
मणिकुमार लिम्बु
अनिल श्रेष्ठ
दिपक थापा क्षेत्री
रामराज गुरुङ्ग
लोकेन्द्र गुरुङ्ग
प्रदेश सिंह राठोर
रुपेश अधिकारी
टिकाराम लामा
विनोद लामा तामाङ्ग
रमेश कुमार श्रेष्ठ
शम्भु बा. सिंह ठकुरी
कुमार कटुवाल
प्रविण कुमार यादव
कृष्ण मुरारी गुरुङ्ग
रमेश व्यन्जनकार
मिलन गुरुङ्ग
विजय घले
नेपाल कार्की
विकास नारायण श्रेष्ठ
महेन्द्र क्षेत्री
पुरुषोतम थापा
प्रविण कुमार सुवाल
निरोज खड्गी
सुरेन्द्र स्रिखाकार
मनिष जोशी
महिला सदस्य पदका उम्मेदवार : २ पदका लागि ५ उम्मेदवार
विन्द्रा देवन
सरिला श्रेष्ठ मलेकु
विमला पौडेल
पेमा डोल्मा लामा
विना नवाछे श्रेष्ठ
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ। आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बिहीवार ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गर्ने कार्यक्रममा जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो । हरेक बिडमा ५ हजार रुपैयाँ थपिँदै गएको थियो । धेरैले […]