4 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको सफल र चर्चित प्रशिक्षकको छवि बनाइसकेका प्रशिक्षक मेघराज केसीलाई यू–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक समितिको सिफारिसमा केसीलाई बिहीबार मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । ‘ए’ डिभिजनको सातदोबाटो युथ क्लब र रुस्लान थ्री स्टार क्लबको मुख्य प्रशिक्षक रहिसकेका केसीले यसअघि पनि उमेर समूहको टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।
प्रशिक्षक केसीकै प्रशिक्षणमा नव प्रवेशी सातदोबाटो युथ क्लबले शीर्ष डिभिजनको पहिलो सिजन नै चौथो स्थानमा लिग सकाएको थियो ।
मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै प्रशिक्षक केसीले अहिलेको लागि भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुने साफ यू–२० च्याम्पियनसिपमा ध्यान केन्द्रित हुने बताए । उनले त्यसपछि मात्रै एएफसी यू–२० एसियन कप छनोटको प्रतीक्षा गर्न सकिने थपे ।
नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।
सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली पनि परेको छ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । यू–२० टोलीको छनोट जुन ४ देखि ७ गतेसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]