default_image

3 years ago

May 26, 2022

चेल्सीको नजरमा नेयमार

305 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले नयाँ मालिकको आगमनसँगै अर्को सिजन नयाँ टोली निर्माणका क्रममा ब्राजिलियन सुपरस्टार नेयमारलाई भित्र्याउने प्रयास गर्ने सम्भावना रहेको छ ।

अमेरिकी व्यापारी टड बोहलीको समूहले ५.३५ बिलियन अमेरिकी डलर खर्चेर चेल्सी फुटबल क्लबको स्वामित्व खरिद गरेका हुन् । रुसी धनाढ्य रोमन अब्रामोभिचबाट क्लब खरिद गर्ने प्रक्रिया प्रिमियर लिग र बेलायत सरकारबाट स्वीकृत भएसँगै क्लबले अब ट्रान्सफरमा पनि ध्यान दिने भएको छ । यसअघि क्लबमाथि पुराना खेलाडीको नवीकरण र नयाँ खेलाडी अनुबन्धनमा प्रतिबन्ध लगाइएको थियो ।

क्लबको भविष्य प्रष्ट नहुँदा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका खेलाडीहरुले अन्यत्र जाने निर्णय लिइसकेका छन् । विशेषगरी डिफेन्समा क्लबले मुख्य खेलाडीहरु गुमाउने पक्का भइसकेको छ । केहि खेलाडीले भने हाल क्लबमै रहने र नयाँ मालिकको योजना अनुसार निर्णय गर्ने सोच बनाएका छन् ।

चेल्सीका प्रशिक्षक थोमस टुचेलले अब ट्रान्सफर सिजनमा क्लबले आफ्नो टोली राम्रो बनाउन भन्दापनि पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । ‘हामी अब सामान्य अवस्थामा फर्कन चाहन्छौं । हामीले खेलाडीको योजना बनाउन पनि सक्ने अवस्था थिएन । हाम्रो भविष्यमा निकै असर परेको छ । अब हामीले टोली राम्रो बनाउने नभएर पुनर्निर्माण गर्नुपर्ने भएको छ । ट्रान्सफर सधैं चुनौतीपूर्ण हुन्छ र हामी त्यसको सामना गर्न तयार छौं,’ उनले भने ।

चेल्सीका नयाँ मालिकले आफ्नो आगमन सुखद होस् भन्ने हेतुले स्टार खेलाडी भित्र्याउन चाहेका छन् । हाल बजारमा उपलब्ध खेलाडी र चेल्सीको आवश्यकता हेर्दा नेयमार क्लबका लागि राम्रो विकल्प हुन सक्छन् । यसअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहँदा प्रशिक्षक टुचेलसँग राम्रो सम्बन्ध रहेकाले पनि नेयमार आउने सम्भावना रहेको छ ।

पिएसजीले मोटो रकम खर्चेर किलीयन एमबाप्पेसँग सम्झौता नवीकरण गरेको छ । यस्तो अवस्थामा लिओनेल मेस्सी पनि पिएसजीमै रहँदा क्लबले नेयमारलाई राम्रो प्रस्ताव आएको खण्डमा बेच्न सक्छ । नेयमार पनि पिएसजीमा खासै खुसी छैनन् र अब एमबाप्पेले नेतृत्व भूमिका पाउने भएपछि क्लब छाड्न सक्छन् । प्रशिक्षक टुचेलसँगको राम्रो सम्बन्ध पनि ट्रान्सफरमा महत्त्वपूर्ण बन्न सक्छ ।

November 9, 2025

झापा महिला गोल्डकप- पुलिस र एपिएफ फाइनलका लागि तयार

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]

November 9, 2025

विजय स्पोर्ट्स र लालीगुराँसको पहिलो जित

रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]

November 9, 2025

गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा

दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]

Success

Thank you for your time.