default_image

4 years ago

May 26, 2022

एन्फा निर्वाचन : अध्यक्षमा ३ सहित कुल ५४ उम्मेदवार

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि मनोनयनको अन्तिम दिन बिहीबार एक अध्यक्षसहित ४ जनाको उम्मेदवारी थप भएको छ । बुधबार सम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यमा गरि ५० जनाको उम्मेदवारी परेको थियो ।

मनोनयन दर्ताको अन्तिम दिन शुक्रबार फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले एन्फा अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि कुल ३ जनाको उम्मेदवारी परेको छ । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले सोमबार अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम दिन सदस्यमा मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकुमार सावाँले मनोनयन दर्ता गराएको एन्फा निर्वाचन समितिले जनाएको छ । अब एन्फाको २१ सदस्यीय कार्यसमितिका ५४ जनाको उम्मेदवारी परेको छ ।

शेर्पा र नेम्बाङले भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यसहितको प्यानल प्रस्तुत गरेका छन् । शेर्पा समूहबाट शिक्षित पराजुली र नेम्बाङ समूहबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्मका लागि मनोनयन दर्ताको समय तोकेको थियो ।

एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । बुधबार सम्म वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

नेम्बाङको समूहबाट ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । शेर्पा समूहबाट एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यद्वय दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेम्बाङकोतर्फबाट भोजपुर एन्फा प्रविण सुवाल, ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत र काभ्रेका विकास नारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अनौपचारिक रुपमा प्यानल भनिएपनि उम्मेदवारी दर्ता भने स्वतन्त्र रुपमा गर्नुपर्ने हुन्छ । नेम्बाङ समूहमा रहेका भनिएका बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

शेर्पा समूहबाट मणिकुमार लिम्बु, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, मनिष जोशी, रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका थिए । २ महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठ मनोनयन दर्ता गराएका थिए ।

एन्फा निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार

अध्यक्ष पदका उम्मेदवार : १ पदका लागि ३ उम्मेदवार

पंकजविक्रम नेम्वाङ्

कर्मा छेरिङ्ग शेर्पा

राजीव पौडेल

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार : १ पदका लागि २ उम्मेदवार

शिक्षित पराजुली

वीरबहादुर खड्का

उपाध्यक्ष पदका उम्मेदवार : ४ पदका लागि ८ उम्मेदवार

विराटजंग शाही

दावा लामा

सुन्दरनरसिंह जोशी

दीपक खतिवडाले

उपेन्द्रमान सिंह

दीर्घबहादुर केसी

रत्नकुमार श्रेष्ठ

विज्ञानराज शर्मा

केन्द्रिय सदस्य पदका उम्मेदवार : १३ पदका लागि ३६ उम्मेदवार

भरत बढ थापा

दिपेन्द्र धिमाल

भोजराज शाही

अनिल मल्ल

रविन्द्र चन्द

मानदेव हजरा

तपेश्वर कुमार राउतकुर्मी

मणिराज विष्ट

मणिकुमार लिम्बु

अनिल श्रेष्ठ

दिपक थापा क्षेत्री

रामराज गुरुङ

लोकेन्द्र गुरुङ

प्रदेश सिंह राठोर

रुपेश अधिकारी

टिकाराम लामा

विनोद लामा तामाङ

रमेश कुमार श्रेष्ठ

शम्भु बहादुर सिंह ठकुरी

कुमार कटुवाल

प्रविण कुमार यादव

कृष्ण मुरारी गुरुङ

रमेश व्यन्जनकार

मिलन गुरुङ

विजय घले

नेपाल कार्की

विकास नारायण श्रेष्ठ

महेन्द्र क्षेत्री

पुरुषोतम थापा

प्रविण कुमार सुवाल

निरोज खड्गी

सुरेन्द्र स्रिखाकार

मनिष जोशी

मुखिया लामा

सुन्दर थापा क्षेत्री

बालकुमार सावाँ

महिला सदस्य पदका उम्मेदवार : २ पदका लागि ५ उम्मेदवार

विन्द्रा देवन

सरिला श्रेष्ठ मलेकु

विमला पौडेल

पेमा डोल्मा लामा

विना नवाछे श्रेष्ठ

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.