3 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि प्रक्रिया चलिरहँदा एन्फाका पूर्व अध्यक्ष गणेश थापा आफू अन्यायमा परेकोले न्याय पाउ भन्दै खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ढोका ढकढक्याउन पुगेका छन् ।
भ्रष्टचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा)को प्रतिबन्ध खेपिरहेका एन्फाका पूर्व अध्यक्ष थापाले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो झुठ्ठा र काल्पनिक आरोप लगाउँदै चरित्र हत्या गरेकोले छानविनको माग गर्दै बिहीबार राखेपमा निवेदन दर्ता गराएका हुन् । थापाले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई निवेदन बुझाएका छन् ।
थापाले पेश गरेको निवेदनमा आफ्नोविरुद्ध चरित्र हत्या गरेको र आफुमाथि झुठ्ठा र काल्पनिक आरोपहरुको बिषयमा गम्भिर छानविन गरेर सत्य तथ्य कुरालाई सार्वजनिक गर्न आग्रह गरेका छन् । थापाले वैशाख २८ मा पत्रकार सम्मेलन गरेर आफ्नोविरुद्ध शेर्पाले लगाएको मुख्य १४ आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
उनले स्थानिय निर्वाचन पछि आफू न्यायका लागि अघि बढ्ने पत्रकार सम्मेलनमा बताएका थिए । उनले राखेप, युवा तथा खेलकुद मन्त्रालयलाई छानविनको माग गर्ने बताएका थिए । उनले आवश्यकता परे अदालत सम्म जान सक्ने जनाएका थिए ।
उता फिफाले भने थापालाई प्रतिबन्धकै समय रहेको भन्दै फुटबल सम्बन्धि कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको थियो । थापाले विज्ञप्ती जारी गर्दै शेर्पाविरुद्ध एन्फाको विधानको धारा ८ तथा फिफाको इथिक्सको आर्टिकल ५८ को बुँदा नम्वर ३ बमोजिम कारवाही गर्न पनि माग गरेका छन् ।
एन्फाको केन्द्रिय निर्वाचन नजिकिदै गर्दा अध्यक्ष रहेका कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्नो छुट्टै प्यानल बनाएर विभिन्न पदमा उम्मेदवारी दिइसकेका छन् । एन्फा निर्वाचन नजिकिदै गर्दा पुर्व अध्यक्ष थापा पनि कुनै न कुनै रुपमा सक्रिय हुन खोजिरहेको छ । एन्फा निर्वाचन असार ६ गते हुँदैछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]