default_image

9 years ago

December 12, 2016

लिभरपुल र वेस्ट ह्याम बराबरीमा रोकिए

133 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– प्रिमियर लिगमा गए राती लिभरपुल र वेस्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाढेका छन् । योर्गन क्लोपको टोलीले पाँचौं मिनेटमा एडम लालानाको गोलबाट अग्रता लिएको थियो । उनले साडियो मानेको क्रसमा गोल गरेका थिए ।

629148880

तर भ्रमणकारी टोलीका लागि डिभिट्री पायटले २५ औं मिनेटमा फ्रिकिकमा बराबरी गोल फकाएका थिए । पहिलो हाफमै वेस्ट ह्यामले मिचेल एन्टोनियोले ३९ औं मिनेटमा गोल गरे । ४८ औं मिनेटमा लिभरपुलका डिभोक ओरिगीले गोल फर्काउँदै घरेलु टोलीलाई हारबाट जोगाए । बराबरीले लिभपुरपुल तेस्रो स्थानमा यथावत रहेको छ । १५ खेलमा टोलीको ३१ अंक छ । शीर्षस्थानको चेल्सीको ३७, दास्रो आर्सनललको ३४ अंक छ । वेस्ट ह्याम १३ अंकका साथ १७ औं स्थानमा छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.