4 years ago
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल टिमोर लिस्टेसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा पछि परेको छ ।

कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा शनिबार राति भएको खेलको पहिलो हाफा नेपाल २–० ले पछि परेको हो । पहिलो हाफको अन्त्यतिर टिमोर लिस्टेले दुई गोल गर्न सफल भयो ।
४४औं मिनेटमा नेपाल पछि परेको थियो । लगत्तै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमोर लिस्टेले नेपालविरुद्ध अग्रता दोब्बर बनायो ।
टोलीमा नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीको अनुपस्थिति रहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीच विवाद भएपछि एन्फाले आफुविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई टोलीमा समेटेको छ । टिमोर लिस्टेसँगको खेल युवा टोलीको लागि एक्सपोजरको रुपमा हेरिएको छ । टिमोर लिस्टेपछि पछि नेपालले जेठ २० मा ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । यि दुवै ख्ललाई फिफाले अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]