3 years ago
May 29, 2022
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडयो सिजनको युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो ।
पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा क्लोज रेन्जबाट मोहम्मद सलाहले गरेको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे । २१औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।
४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाेल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाए ।
६४औं मिनेटमा सलाहको प्रयासमा कोर्टुवा नै बाधक बने । ६९औं मिनेटमा सलाहकै प्रयासमा पुनः कोर्टुवा नै खलनायक बने ।७९औं मिनेटमा सलाहको प्रहार डिफ्लेक्ट हुँदा डिएको जोटाले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुल बराबरीबाट रोकियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल च्याम्पियन बन्न सफल भयो ।
सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो । पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो । त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।
रियलसँगको हारसँगै लिभरपुल यो सिजन तीन उपाधि जित्न सकेन । यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो । लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बन्यो ।
यस्तै लिभरपुलले २०१८ मा भोगेको हारको बदला लिनसमेत असफल रह्यो । लिभरपसल त्यतिबेला ३–१ ले पराजित भएको थियो । रियलसँगको हारसँगै पछिल्लो ५ सिजनमा तेस्रोपटक फाइनल खेलेको लिभरपुलले एसी मिलानसँगको उपाधि बराबरी गर्ने अवसर समेत गुमायो । मिलानले सातपटक तथा रियलले ६ पटक उपाधि जितेको छ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]