default_image

4 years ago

May 29, 2022

च्याम्पियन्स लिगमा एन्सेलोटीको कीर्तिमान

208 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

शनिबार राति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर रियललाई २०२१–२२ को उपाधि दिलाएसँगै एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । प्रशिक्षक एन्सेलोट्टीले च्याम्पियन्स लिगको सर्वाधिक उपाधि जित्ने प्रशिक्षकमा बोब पेस्ली र जिनेदिन जिदानलाई पछि पारेका हुन् । उनीहरुले समान तनी उपाधि जितेका छन् ।

बोब पेस्लीले इंग्लिस क्लब लिभरपुलबाट सन् १९७७, १९७८ र १९८१ म तथा जितेदिन जिदानले २०१६, २०१७ र २०१८ मा रियल म्याड्रिडबाटै ह्याट्रिक उपाधि जितेका थिए । प्रशिक्षकको रुपमा चार च्याम्पियन्स लिगको उपाधि जितेका एन्सेलोट्टीले खेलाडीको रुपमा एसी मिलानबाट १९८९ र १९९० मा उपाधि जितेका छन् । यसले समग्रमा ६ उपाधि जितेका एन्सेलोट्टीले पाको जेन्टोको कीर्तिमानलाई बराबरी गरेका छन् ।

एन्सेलोटीले यसअघि इटालियन क्लब एसी मिलानबाट सन् २००२–०३ र २००६–०७ को सिजन उपाधि दिलाएका थिए । एन्सेलोटीले रियललाई २०१३–१४ को सिजनमा उपाधि दिलाएका थिए ।

यस्तै प्रशिक्षक एन्सेलोट्टी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत हुन् । रियललाई यस सिजन स्पेनिस ला लिगाको उपाधि दिलाएका एन्सेलोटीले इटाली, फ्रान्स, इंग्ल्यान्ड र जर्मनीको शीर्ष लिगको उपाधि जिताएका छन् ।

यसै सिजन रियल फर्किएका एन्सेलोट्टीले च्याम्पियन बन्दै सिजनको अन्त्य गरेका छन् । जिनेदिन जिदानले छाडेपछि रियलको बागडोर सम्हाल्न आएका ६२ वर्षीय एन्सेलोट्टीले ठुलो चुनौती पार गर्दै रियललाई ला लिगा र च्याम्पियन्स लिगको च्याम्पियन बनाए ।

सर्जियो रामोस र राफायल भराने टोलीबाट बाहिरिएपनि यो सिजन रियलको रक्षापङ्ति कमजोर भएन । एमबाप्पे नआउनुले पनि रियललाई झट्का थपिएको छ । एन्सेलोटीले डेभिड अलाबा, इडुआर्डाे कामाभिंगा, भिनिसिय जुनियर, रोड्रिगो र फेडे भाल्भेर्डेलाई विश्वास गर्दै टोली तयार पारे ।

इडेन हाजार्ड, ग्यारेथ बेल, मार्काे एसेन्सियो, इस्को र मार्सेलो जस्ता खेलाडीले यो सिजन विरलै अवसर पाए । सबै कुरा प्राप्त भएको छैन । तर, करिम बेन्जेमा र लुका मोड्रिचको नेतृत्वमा युवा टोलीको मजवुत प्रदर्शनले टोली बलियो बनेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.