default_image

4 years ago

May 30, 2022

मानेले लिभरपुल छाड्ने

300 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका सेनेगली फरवार्ड साडियो मानेले क्लब छाड्ने मनासय बनाएका छन् । च्याम्पियन्स लिगको फाइनल गुमाएपछि मानेले क्लब पनि छाड्ने योजना बनाएको हो ।

लिभरपुलमा मानेको सम्झौता अर्काे वर्षको जुनसम्म रहेको छ । लिभरपुलमा उनको सम्झौता अझै एक वर्ष बाँकी रहँदा उनले क्लब छाड्ने मनासय बनाएको हो ।

३० वर्षीय मानेलाई अनुबन्ध गर्न जर्मन च्याम्पियन बायर्न म्युनिखले प्रयास थालिरहेको छ । मर्सिसाइड क्लबमा विगत ६ वर्षदेखि रहेका मानेले च्याम्पियन्स लिगको फाइनल अघि आफ्नो भविष्यको घोषणा नजिकै रहेको संकेत गरेका थिए ।

शनिबार राति पेरिसमा रियल म्याड्रिडसँग लिभरपुलको १–० ले पराजित भएपछि मानेले वाचा गरे अनुसार मिडियासँग कुरा गरेनन्, तर स्रोतका अनुसार उनले एनफिल्ड छोड्ने सम्भावना बढ्दै गएको छ, र उनी बायर्न जाने लगभग निश्चित छ ।

माने र लिभरपुलको अवस्था कस्तो छ ?

माने, मोहम्मद सलाह र रोबर्टो फिर्मिनोको लिभरपुलसँग आफ्नो सम्झौताको अन्तिम वर्षमा रहेको छ । नयाँ सम्झौताको वार्ता केही समय अघि रद्ध गरिएको थियो ।

लिभरपुलको खेलाडीको प्रतिनिधि, ब्योर्न बेजेमरले मानेको भविष्यको बारेमा सिजनको अन्त्यमा वार्ता गर्ने योजना बनाइरहेका छन् । बायर्नले लगातार चासो दिइरहेपछि प्रष्ट हुन जरुरी छ । बेजेमर र जर्मन क्लबका खेलकुद निर्देशक हसन सलिहामिडजिक बीचको स्पष्ट भेट एनफिल्डमा राम्रो भएको छैन ।

यस चरणमा बुन्डेसलिगा च्याम्पियनहरूबाट कुनै औपचारिक प्रस्ताव आएको छैन, र लिभरपुल स्रोतहरूले मानेको लागि कुनै पनि शुल्क २५ मिलियन पाउन्डभन्दा बढी हुने दाबी गरिएको छ ।

लिभरपुल पनि मानेलाई बेच्नुअघि राम्रो प्रतिस्थापन लाइनमा राख्न चाहन्छ, पोर्टोबाट लुइस डियाजलाई जनवरीमा हस्ताक्षर गरे तापनि टोलीमा माने नै प्रमुख रहेको छ ।

मानेले यस सिजनमा सबै प्रतियोगिताहरूमा २२ गोल गरेका छन् । सेनेगल अफ्रिका कप अफ नेसन्समा च्याम्पियन बनेर बाट फर्किएपछि उसको फर्म झनै उच्च रहेको थियो । सन् २०१६ मा साउथह्याम्प्टनबाट लिभरपुल आएको मानेको प्रभाव ठूलो छ । उनले रेड्सका लागि २६८ खेलमा १२० गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.