default_image

4 years ago

May 31, 2022

बेन्जेमा बालोन डि’ओरको हकदार – मेस्सी

247 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सीले यस सिजनको बालोन डि’ओर स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले जित्ने बताएका छन् ।

शनिबार इंग्लिस क्लब लिभरपुललाई हराएर कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि मेस्सीले रियल म्याड्रिडका लामो समयका प्रतिद्वन्द्वी करिम बेन्जेमाले यस वर्षको बालोन डी’ओर जित्नुपर्नेमा आफूलाई कुनै शंका नभएको बताएका छन् ।

मेस्सीले आफ्नो करियरको अधिकांश समय बार्सिलोनामा ला लिगामा बेन्जेमासँग प्रतिद्धन्द्धीका रुपमा बिताएका थिए । यद्यपि उनी अझै पनि फ्रान्सेली फरवार्डको यो सिजनको उपलब्धिलाई मान्यता दिन्छन् ।

बेन्जेमाबारे मेस्सीले के भने ?

‘मलाई लाग्छ कि बेन्जेमाले बालोन डी’ओर जित्नुपर्छ भन्नेमा कुनै शंका छैन ।’ मेस्सीले टिवाइसी स्पोर्ट्सलाई भने, ‘यो एकदमै स्पष्ट छ कि बेन्जेमाको वर्ष शानदार रह्यो र च्याम्पियन्स लिग जित्यो । अन्तिम १६ देखिका सबै खेलमा उनले आफ्नो प्रभाव जमाए । मलाई लाग्छ यो वर्ष कुनै शंका छैन ।’

Real Madrid’s French striker Karim Benzema celebrates with the Champions League trophy after Madrid ‘s victory in the UEFA Champions League final football match between Liverpool and Real Madrid at the Stade de France in Saint-Denis, north of Paris, on May 28, 2022. (Photo by Paul ELLIS / AFP) (Photo by PAUL ELLIS/AFP via Getty Images)

३४ वर्षीय बेन्जेमाले च्याम्पियन्स लिगमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटीविरुद्धको नकआउट राउण्डमा विजयीसहित १५ गोल गरेका थिए । उनले या सिजन २७ गोल र १२ असिस्टसहित ला लिगाको उपाधि पनि जितेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.