default_image

4 years ago

May 31, 2022

बेन्जेमा प्लेयर अफ दि सिजन

301 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यो सिजन २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको प्लेयर अफ दि सिजन घोषित भएका छन् ।

युइएफएको टेक्निकल प्यानलले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमालाई २०२१–२२ को प्लेयर अफ द सिजन घोषित गरेको हो । ३४ वर्षीय बेन्जेमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन यो सिजन १५ गोल गरे । उनी यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत बने ।

सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट म्याड्रिड आएयता बेन्जेमाले पाँचौपटक च्याम्पियन्स लिग जितेका छन् । यस्तै बेन्जेमाले पहिलोपटक च्याम्पियन्स लिगमा दोहोरो अंकमा गोल गर्न सफल रहे ।

बेन्जेमाले यो सिजन च्याम्पियन्स लिगमा १२ खेल खेल्दा १५ गोल र १ असिस्ट दिएका छन् । ति १५ गोलमध्ये बेन्जेमाले नकआउट चरणमा मात्रै १० गोल गर्न सफल भए ।

बेन्जेमाले प्रि–क्वाटरफाइनलमा पिएसजीविरुद्ध दोस्रो लेगमा ह्याट्रिक, क्वाटरफाइनलमा चेल्सीविरुद्ध चार र सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध ३ गोल गर्न सफल भएका थिए ।

पिएसजीविरुद्ध पहिलो लेगमा १–० ले पछि परेको रियलले बेन्जेमाकै ह्याट्रिकमा दोस्रो लेगमा ३–१ को जित निकालेको थियो । चेल्सीविरुद्ध पहिलो लेगमा बेन्जेमाकै ह्याट्रिकमा ३–१ को जित निकाल्दा दोस्रो लेगमा ३–२ ले पराजिच भएपनि बेन्जेमाले एक गोल गरेका थिए ।

म्यानचेस्टर सिटीविरुद्ध पहिलो लेगमा ४–३ ले पराजित हुँदा बेन्जेमाले दुई तथा दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को जित निकाल्दा बेन्जेमाले निर्णायक गोल गरेका थिए । बेन्जेमा फाइनलमा भने गोल गर्न असफल रहे ।

बेन्जेमा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा रहेका छन् । बेन्जेमा भन्दा अघि क्रिस्टियानो रोनाल्डो (१४०), लियोनेल मेस्सी (१२५) र रोबर्ट लेवान्डोस्की (८२) अघि छन् । बेन्जेमाले ७६ गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.