4 years ago
May 31, 2022
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यो सिजन २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको प्लेयर अफ दि सिजन घोषित भएका छन् ।

युइएफएको टेक्निकल प्यानलले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमालाई २०२१–२२ को प्लेयर अफ द सिजन घोषित गरेको हो । ३४ वर्षीय बेन्जेमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन यो सिजन १५ गोल गरे । उनी यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत बने ।
सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट म्याड्रिड आएयता बेन्जेमाले पाँचौपटक च्याम्पियन्स लिग जितेका छन् । यस्तै बेन्जेमाले पहिलोपटक च्याम्पियन्स लिगमा दोहोरो अंकमा गोल गर्न सफल रहे ।
बेन्जेमाले यो सिजन च्याम्पियन्स लिगमा १२ खेल खेल्दा १५ गोल र १ असिस्ट दिएका छन् । ति १५ गोलमध्ये बेन्जेमाले नकआउट चरणमा मात्रै १० गोल गर्न सफल भए ।

बेन्जेमाले प्रि–क्वाटरफाइनलमा पिएसजीविरुद्ध दोस्रो लेगमा ह्याट्रिक, क्वाटरफाइनलमा चेल्सीविरुद्ध चार र सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध ३ गोल गर्न सफल भएका थिए ।
पिएसजीविरुद्ध पहिलो लेगमा १–० ले पछि परेको रियलले बेन्जेमाकै ह्याट्रिकमा दोस्रो लेगमा ३–१ को जित निकालेको थियो । चेल्सीविरुद्ध पहिलो लेगमा बेन्जेमाकै ह्याट्रिकमा ३–१ को जित निकाल्दा दोस्रो लेगमा ३–२ ले पराजिच भएपनि बेन्जेमाले एक गोल गरेका थिए ।
म्यानचेस्टर सिटीविरुद्ध पहिलो लेगमा ४–३ ले पराजित हुँदा बेन्जेमाले दुई तथा दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को जित निकाल्दा बेन्जेमाले निर्णायक गोल गरेका थिए । बेन्जेमा फाइनलमा भने गोल गर्न असफल रहे ।
बेन्जेमा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा रहेका छन् । बेन्जेमा भन्दा अघि क्रिस्टियानो रोनाल्डो (१४०), लियोनेल मेस्सी (१२५) र रोबर्ट लेवान्डोस्की (८२) अघि छन् । बेन्जेमाले ७६ गोल गरेका छन् ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]