default_image

4 years ago

June 1, 2022

जीवनभर बार्सिलोनाबाटै खेल्ने फातीको चाहना

160 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा स्टार अन्सु फातीले जीवनभर नै क्याटलान क्लब बार्सिलोनाबाट खेल्ने चाहना राखेका छन् ।पीएसजीसँगै अन्य टिमसँग कुराकानीमा रहेको अफवाहका बीच उनले बार्सिलोनाबाहेक अन्य टिमबारे नसोचेको बताएका हुन् । उनी क्याम्प नोउमै सफल हुन चाहन्छन् ।

क्यानल प्लससँगको अन्तर्वार्ताका क्रममा फातीले लिग १ च्याम्पियनसँग सम्झौतानजिक पुगेको हल्लालाई निराधार भनेका छन् । ‘के पीएसजी मलाई अनुबन्ध गर्न चाहन्छ ? मलाई यसबारे वास्तवमै थाहा छैन । यो कुरा मेरो एजेन्ट र अभिभावकलाई मात्र थाहा हुन्छ,’ फातीले भने, ‘सुरुदेखि नै मैले एजेन्ट र मेरो बुबालाई आफ्नो उद्देश्यबारे प्रष्ट पारको छु । म अहिले पनि स्पष्ट छु । मेरो सम्पूर्ण करिअर नै यहीँ हुनसक्छ ।’

फातीले बार्सिलोनाको त्यस प्रस्तावलाई बिर्सिएका छैनन्, जब उनलाई लियोनल मेस्सीको १० नम्बर जर्सीको प्रदान गरिएको थियो ।

‘मलाई क्लबले बोलाएर यो प्रस्ताव राखेको हो । उनीहरु १० नम्बरको जर्सी मलाई दिँदैछन् । क्लबले मलाई स्वीकार गरिसकेका छन् र यो मेरा लागि गर्वको कुरा हो भनेको थियो ।’ फातीले भने, ‘यदि तपाई बार्सिलोनामा हुनुहुन्छ भने हरेक कुराका लागि तयार हुनुपर्छ । लियोले बार्सिलोनाका लागि धेरै कुरा दिएका छन् । उनलाई अर्को क्लबमा देख्न कसैले मन पराउँदैनन् । मलाई आशा छ उनका लागि सबैकुरा ठीक हुँदै जानेछ ।’

चोटपछि दुई वर्षको अन्तरालमा फातीले स्पेनिस राष्ट्रिय टोलीसँग प्रशिक्षण शुरु गरिसकेका छन् । चोट बोक्नु हरेक खेलाडीका लागि कठिन परीक्षा हो । यो फाती पनि स्वीकार गर्छन् । तर उनी यसको परिप्रेक्ष पनि दर्शाउँछन् । ‘चोटले मलाई पनि कठिन स्थितिमा पु¥यायो । यो खेलाडीका लागि सबैभन्दा खराव कुरा हो ।’ उनले भने ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.