4 years ago
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन लिग वान क्लब पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् ।

बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत तथा मैदानमा समेत रोहितलाई समर्थकले भव्य स्वागत गरेका हुन् ।
नयाँ सिजनका लागि रोहितलाई पर्सिकले दुई साताअघि एक वर्षका लागि अनुबन्ध गरेको थियो । रोहितको यो इन्डोनेसियामा तेस्रो क्लब हो । रोहितले यसअघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका थिए । त्यो भन्दा अघि रोहितले पीएसपीएस पेकानबारुबाट खेलेका थिए ।
सन् २०१७ मा पर्सिजामा आबद्ध भएका रोहितले त्यहाँबाट पाँच सिजन लिग २०१८ मा लिग वानसहित चार उपाधि जित्न सफल भएका छन् । उनी त्यतिबेला लिग वानकै सर्वाेत्कृष्ट खेलाडी चुनिदै गोल्डेन बल जितेका थिए । रोहितले पर्सिजाबाट १ सय ४५ खेल खेल्दै १० गोल ११ असिस्ट दिएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]