4 years ago
June 3, 2022
एजेन्सी – ११ महिनाको अवधिमा दोस्रो उपाधि जितेपनि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले टोली विश्वकप उपाधिको दावेदार टोली नरहेको बताएका छन् ।

सातपल्टका बालोन डी’ओर विजेता मेस्सीले क्लब करिअरमा थुप्रै उपाधि जितेपनि राष्ट्रिय टोलीबाट बल्ल उपाधिको स्वाद चाख्न थालेपनि उनले टोली विश्वकपको हकदार नरहेको बताएका हुन् ।
इंग्ल्याण्डको वेम्बलीमा बुधबार राति अन्तरमहादेशीय च्याम्पियनबीचको प्रतिस्पर्धा फाइललिसिमामा मेस्सी प्रेरित अर्जेन्टिनाले इटालीलाई ३–० ले पराजित गर्दै उपाधि जितेपछि उनका सहयात्रीले सुपरस्टार मेस्सीलाई हावामा उठाएर उत्सव मनाए ।

अर्जेन्टिनाको तीन गोलमा मेस्सीले दुई असिस्ट दिएका थिए । मेस्सीले ११ महिनाअघि अर्थात गत जुलाईमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए । जुन मेस्सीको राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि रहेको थियो ।
अर्जेन्टिनाका लागि कीर्तिमानी १६१औं खेलमा दुई असिस्ट गरेका ३४ वर्षीय मेस्सी आफ्नो पहिलो विश्वकप उपाधि जित्ने लक्ष्यमा थप मजबुद देखिएका छन् ।
‘हाम्रा लागि यहाँको अनुभव निकै सुन्दर रह्यो । हामीलाई थाहा थियो यहाँ राम्रो खेल हुनेछ र एउटा राम्रो सन्तुलनले उपाधि जित्न सम्भव हुनेछ ।’ मेस्सीले भने, ‘हामी अगाडि बढिरहेका छौं । हामी यस्तै खेलहरु खोजिरहेका छौं । दिनप्रतिदिन सुधारको प्रयास गरिरहेका छौं । हामी आफूलाई विश्वकपको मुख्य दावेदार मान्दैनौं ।’
यस्तै मेस्सीले जोसुकैविरुद्ध पनि लडाईं जारी राख्ने र यो टिम निकै आशावादी रहेको बताएका छन् । ‘हामीले सुधार गरिरहनुपर्छ । सेप्टेम्बरमा हाम्रो महत्वपूर्ण खेल छ । विश्वकपमा सानदार प्रदर्शनका लागि सर्वश्रेष्ठ टिम बनाउनेछौं, अझै सुधार गर्नेछौं ।’ मेस्सीले भने ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]