4 years ago
June 4, 2022
एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

क्रोएसियामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हार चखाउन अष्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गरे ।
४१औ मिनेटमा मार्काे एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाए । उनले करिम ओनिसिओले पासमा गोल गरे । ५४औं मिनेटमा माइकल ग्रेगोरेट्सले म्याक्सिमिलियनको पासमा गोल गर्दै अष्ट्रियाको अग्रता दोब्बर पारे ।
५७औं मिनेटमा मार्सेल सवित्जरले म्याक्सिमिलियनकै पासमा गोल गरेपछि अष्ट्रिया ३–० ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया पराजित हुन पुग्यो ।
यही समूहको अर्काे खेलमा विश्वविजेता फ्रान्सले घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत डेनमार्कसँग २–१ ले स्तब्ध बनेको छ ।
यो नतिजापछि समूहका अष्ट्रिया र डेनमार्कले समान ३ अंक जोड्दा गोल अन्तरमा अष्ट्रिया शीर्षस्थानमा रहेको छ । फ्रान्स र क्रोएसियाले अंकको खाता खोल्न सकेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]