4 years ago
June 5, 2022
हेटौडा (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुलिसले ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार युथ क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा पुलिसको जितमा अभिषेक रिजाल र भरत साहले गोल गरे । खुमलटारका अजित लामाले एक गोल फर्काए ।
वर्षाले प्रभावित बनेको खेलको तेस्रो मिनेटमा अभिषेक रिजालले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । ३५औं मिनेटमा भरत साहले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा अजित लामाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।
पुलिसविरुद्ध उच्च प्रदर्शन गरेका खुमलटारका दिवस छन्त्याल प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे । अब पुलिसले क्वाटरफाइनलमा मंगलबार मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
आइतबार बिहानै भएको अर्काे खेलमा एपिएफले फ्रेण्डस क्लबमाथि ३–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको छ । शनिबार हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि आइतबार खेलाइएको हो ।
एपिएफको सहज जितमा नविन लामा, सबिन गुरुङ र रबि थिङले गोल गरे । एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल जेठ ३० मा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]