default_image

4 years ago

June 6, 2022

मेस्सी एक्लैको ५ गोल

416 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड लियोनेल मेस्सी एक्लैले ५ गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।

अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजो र प्रतिद्धन्द्धी इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । स्पेनमा आइतबार राति भएको एकपक्षीय बनेको खेलमा मेस्सीले ४७ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि मेस्सीले थप दुई गोल थप्दै टोलीलाई फराकिलो जित दिलाए ।

खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४७औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गरे । ७१औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि चौथो गोल गरे । ७६औं मिनेटमा मेस्सीले पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

योसँगै अर्जेन्टिना ३३औं खेलसम्म अपराजित रहन सफल भएको छ । फाइनालिसिमामा इटालीलाई हराएर उपाधि जितेको प्रशिक्षक लियोनेल स्कोलानीले आफ्नो प्रशिक्षणमा ३३ खेलसम्म अपराजित रहेको कीर्तिमान बनाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.