4 years ago
June 7, 2022
एजेन्सी – विश्व विजेता फ्रान्स र उपाविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप १ अन्तरगतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै अक बाँडेका छन् । क्रोएसिया र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध फ्रान्सले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बनेको हो ।
खेलको सुरुवादेखि नै घरेलु टोलीलाई दवावमा राखेको फ्रान्सले ५२औं मिनेटमा अग्रता लिन सफल भएको थियो । एड्रियन राबिओटले विसाम विन यडरको पासमा गोल गर्न सफल भएका थिए ।
तर, ८३औं मिनेटमा एन्डरेज क्रामारिकले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । परिवर्तित खेलाडी जोनाथन क्लाउअसले क्रामारिकमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो ।

क्रोएसियाविरुद्ध फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले स्टार खेलाडी करिम बेन्जेमासँगै केलियन एमबाप्पे, ह्युगो लोरिएस, किङ्सले कोमान, जुलेस कुन्डे र एन्टोइन ग्रिजमनलाई बेञ्चमै राखेका थिए । ग्रिजमनले दोस्रो हाफमा अवसर पाएपनि उनले सोचेअनुरुपको खेल पस्कन सकेन ।
यो बराबरीपछि दुवै टोलीले समूहमा अंक जोडेका छन् । फ्रान्स दुई खेलबाट १ अंक जोडेर तेस्रो तथा समान अंक र खेलबाट क्रोएसिया पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]