default_image

4 years ago

June 7, 2022

अष्ट्रियामाथि डेनमार्कको जित

142 views

0 Bookmark

एजेन्सी – डेनमार्कले युइएफए नेसन्स लिग ए ग्रुप १ मा लगातार दोस्रो जित निकाल्ने क्रममा अष्ट्रियालाई पराजित गरेको छ । डेनमार्कले २–१ को जित निकालेको हो ।

वेइनमा सोमबार राति भएको खेलमा घरेलु टोली अष्ट्रियालाई हराउन पिएरे इमिल होब्वजर्ग र जेन्स स्ट्रेगेर लार्सनले गोल गरे । घरेलु टोलीका साभिर स्कलाघेरले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा पिएरे इमिल होब्वजर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । ६७औं मिनेटमा साभिर स्कलाघेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्काे एर्नाउटोभिचको पासमा गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा जेन्स स्ट्रेगेर लार्सनले डेनमार्कलाई जित दिलाए । उनले क्रिस्टियन इरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

लगातार दोस्रो जितसँगै डेनमार्क दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको अष्ट्रिया ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । फ्रान्स र क्रोएसिया समान एक अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.