default_image

4 years ago

June 7, 2022

एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी

236 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् ।

सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ ।

गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय गरेका एमबाप्पेलाई खरिद गर्न अब कुनैपनि क्लबले महँगो रकम तिर्नुपर्नेछ ।

यस्तै मुल्यवान खेलाडीको सूचीमा दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा स्टार भिसिनियस जुनियर रहेका छन । च्याम्पियन्स लिगको फाइनलमा विजयी गोल गरेका जुनियरको बजार मुल्य १५८ मिलियन पाउण्ड रहेको छ ।

यस्तै गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमुन्डमा खेलेका नर्वेजियन एर्लिङ ब्राउट हालान्ड १३० मिलियन पाउण्डसहित सूचीमा तेस्रो स्थानमा रहेका छन् । स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका पेड्री ११५.५ मिलियन पाउन्डसहित चौथो स्थानमा रहेका छन् ।

यस्तै बोरुसिया डर्टमुण्डका इंग्लिस स्टार जुड बेलिङघम ११४.१ मिलियन पाउण्डसहित पाँचौ स्थानमा रहेका छन् । उनी सर्वाधिक महंगो मुल्य हुने इंग्लिस खेलाडीको सूचीमा शीर्ष स्थानमा छन । छैटौं स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका इंग्लिस खेलाडी फिल फोडेन छन् । उनको भ्यालु १०५.९ मिलियन पाउण्ड रहेको छ ।

बार्सिलोनाका फ्रान्की डि जोङ, लुइस डियाज, रुवेन डियास र फेरान टोरेस शीर्ष १० मा रहेका छन् । लोउटारो मार्टिनेज, जमल मुसिएला, जेडान सान्चो, मेसान माउन्ट, बुकायो साका, जोस्को जिभारर्डीओल, ब्रुनो फर्नान्डेस, निकोलो बरेल्ला, काई हाभर्टज र जोआओ फेलिक्स शीर्ष २० मा परेका छन् ।

सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीतिकारण जस्ता विषयलाई अभ्ययन गर्दै रिपोर्ट निकाल्ने गर्दछ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.