4 years ago
June 7, 2022
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् ।

सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ ।
गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय गरेका एमबाप्पेलाई खरिद गर्न अब कुनैपनि क्लबले महँगो रकम तिर्नुपर्नेछ ।
यस्तै मुल्यवान खेलाडीको सूचीमा दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा स्टार भिसिनियस जुनियर रहेका छन । च्याम्पियन्स लिगको फाइनलमा विजयी गोल गरेका जुनियरको बजार मुल्य १५८ मिलियन पाउण्ड रहेको छ ।
यस्तै गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमुन्डमा खेलेका नर्वेजियन एर्लिङ ब्राउट हालान्ड १३० मिलियन पाउण्डसहित सूचीमा तेस्रो स्थानमा रहेका छन् । स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका पेड्री ११५.५ मिलियन पाउन्डसहित चौथो स्थानमा रहेका छन् ।
यस्तै बोरुसिया डर्टमुण्डका इंग्लिस स्टार जुड बेलिङघम ११४.१ मिलियन पाउण्डसहित पाँचौ स्थानमा रहेका छन् । उनी सर्वाधिक महंगो मुल्य हुने इंग्लिस खेलाडीको सूचीमा शीर्ष स्थानमा छन । छैटौं स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका इंग्लिस खेलाडी फिल फोडेन छन् । उनको भ्यालु १०५.९ मिलियन पाउण्ड रहेको छ ।
बार्सिलोनाका फ्रान्की डि जोङ, लुइस डियाज, रुवेन डियास र फेरान टोरेस शीर्ष १० मा रहेका छन् । लोउटारो मार्टिनेज, जमल मुसिएला, जेडान सान्चो, मेसान माउन्ट, बुकायो साका, जोस्को जिभारर्डीओल, ब्रुनो फर्नान्डेस, निकोलो बरेल्ला, काई हाभर्टज र जोआओ फेलिक्स शीर्ष २० मा परेका छन् ।
सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीतिकारण जस्ता विषयलाई अभ्ययन गर्दै रिपोर्ट निकाल्ने गर्दछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]