default_image

4 years ago

June 9, 2022

जोर्डनविरुद्ध विकास र दीपको डेब्यु

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपालले जोर्डनविरुद्ध दुई खेलाडीलाई डेब्यु दिँदै सुरुवाती ११ घोषणा गरेको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका छन् । डिफेन्समा सुमन अर्याल, विकास खवास र गौतम श्रेष्ठ पनि खेल्नेछन् । मिडफिल्डमा सुरज ज्यु ठकुरी, पुजन उपरकोटी र सेसेहाङ आङदेम्बे रहेका छन् । आक्रमणमा कप्तान नवयुग श्रेष्ठसँगै मनिष डाँगी र आयुष घलान छन् ।

दीपले गत सिजन हिमालयन शेर्पाका लागि खेलेका थिए । यसपटक टोलीका सिनियर गोलरक्षक किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु नहुँदा दीपले अवसर पाएका हुन् । यता त्रिभुवन आर्मी क्लबका विकास तामाङले पनि पहिलो खेलमा नै सुरुवात गरेका छन् । सेन्टर डिफेन्स खेल्दै आएका अनन्त तामाङ, दीनेश राजवंशी, रोहित चन्द र देवेन्द्र तामाङ टोलीमा नहुँदा विकास टोलीमा आएका हुन् ।

नेपाल सम्मिलित समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया पनि रहेका छन् । यसअघि आज सम्पन्न पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २-१ ले पराजित गरिसकेको छ । समूहको शीर्ष टोली र दोस्रो हुने उत्कृष्ट ५ टोलीले एसियन कपमा खेल्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.