4 years ago
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा नेपालले जोर्डनसँग खेलिरहेको छ । पहिलो हाफको खेल सकिँदा खेल गोलरहित बराबरीमा छ ।

पहिलो हाफमा जोर्डनले बल पोसेसनमा बलियो पकड बनाएपनि गोल गर्न सकेको छैन । अधिकांश समय आक्रमणमा व्यस्त रहेको जोर्डनविरुद्ध नेपालको मिडफिल्ड र डिफेन्स लाइन निकै व्यस्त देखिएको छ । गोलरक्षक दीप कार्कीले एक पेनाल्टीसहित केहि बचाउ गरेका छन् ।
पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर डेब्यु गरिरहेका गोलरक्षक दीपले मुसा मोहमद सुलेमानको प्रहार बचाउ गर्दै नेपाललाई खेलमा कायम राखे । उनले आफ्नो बायाँतर्फ डाइभ दिँदै बललाई पोस्टको दिशा दिएका थिए । उक्त प्रहार दीपको हातमा लाग्दै पोस्टमा लागेर क्लियर भएको थियो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलमा गोलरक्षक दीप र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका छन् । डिफेन्समा सुमन अर्याल, विकास खवास र गौतम श्रेष्ठ छन् । मिडफिल्डमा सुरज ज्यु ठकुरी, पुजन उपरकोटी र सेसेहाङ आङदेम्बे रहेका छन् । आक्रमणमा कप्तान नवयुग श्रेष्ठसँगै मनिष डाँगी र आयुष घलान छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]