3 years ago
June 9, 2022
एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो ।

कार्डिफमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गाल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफको अन्त्यतिर दुई गोल सम्भव हुँदा डच टोलीले बाजी मार्दै लगातार दोस्रो जित निकाल्न सफल भयो ।
५०औं मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले जेर्डी स्काउटेनको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि डच टोली जिततर्फ अग्रसर रहँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काए । इन्ज्युरी समयकै थप गरिएको चौथो मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै टोलीको जित पक्का गरे ।
यो जितसँगै अपराजित रहेको नेदरल्यान्ड्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहँदा बेल्जियम दोस्रो तथा पोल्यान्ड तेस्रो स्थानमा रहेको छ । वेल्सले अंकको खाता खोल्न सकेको छैन ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]