4 years ago
June 9, 2022
एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो ।

कार्डिफमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गाल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफको अन्त्यतिर दुई गोल सम्भव हुँदा डच टोलीले बाजी मार्दै लगातार दोस्रो जित निकाल्न सफल भयो ।
५०औं मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले जेर्डी स्काउटेनको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि डच टोली जिततर्फ अग्रसर रहँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काए । इन्ज्युरी समयकै थप गरिएको चौथो मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै टोलीको जित पक्का गरे ।
यो जितसँगै अपराजित रहेको नेदरल्यान्ड्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहँदा बेल्जियम दोस्रो तथा पोल्यान्ड तेस्रो स्थानमा रहेको छ । वेल्सले अंकको खाता खोल्न सकेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]