default_image

4 years ago

June 11, 2022

एमबाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो

236 views

0 Bookmark

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार केलियन एमबाप्पेको गोलमा फ्रान्स युइएफए नेसन्स लिग ए ग्रुप १ मा हारबाट जोगिएको छ । फ्रान्सले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो ।

वेइन अष्ट्रियामा शुक्रबार राति भएको नेसन्स लिग ए ग्रुप १ को खेलमा घरेलु टोलीका लागि एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका एमबाप्पेले बराबरी गोल फर्काएका थिए ।

खेलको ३७औं मिनेटमा एन्ड्रिएस वेइमानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले कोनराड लेइमेरको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई अष्ट्रियाले बचाउन सकेन ।

८३औं मिनेटमा परिवर्तित खेलाडी एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको स्थानमा मैदान छिरेका एमबाप्पेले अर्का परिवर्तित खेलाडी क्रिस्टोफोर एनकुुकुको पासमा गोल गर्न सफल भएका थिए । एनकुुकु ७९औं मिनेटमा किङ्सले कोमानको स्थानमा मैदान छिरेका थिए ।

यो बराबरीसँगै अष्ट्रिया दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको फ्रान्सले कमजोर सुरुवात गर्दा ३ खेलबाट २ अंक मात्रै जोड्न सकेको छ । यो समूहमा डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्रोएसिया ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.