default_image

4 years ago

June 11, 2022

पासालिसको गोलमा क्रोएसियाको जित

200 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर मारियो पासालिसको गोलमा क्रोएसियाले युइएफए नेसन्स लिग एक ग्रुप १ मा डेनमार्कलाई पराजित गरेको छ । क्रोएसियाले १–० को जित निकालेको हो ।

पार्केन कोवेनहेगनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हराउन दोस्रो हाफमा मारियो पासालिसले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ६९औं मिनेटमा गोल गरेका थिए ।

८७औं मिनेटमा घरेलु टोलीका जोनास वाइन्डले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया विजयी हुन सफल भयो ।

यो जितसँगै क्रोएसिया ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ४ अंक नै रहेपनि अष्ट्रिया दोस्रो स्थानमा रहेको छ । पराजित डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा फ्रान्स २ अंक जोेडेर पुछारमा रहेको छ ।

शुक्रबार राति नै भएको यही समूहको अर्काे खेलमा अष्ट्रिया र फ्रान्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अष्ट्रियाका एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका केलियन एमबाप्पेले बराबरी गोल फर्काए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.