9 years ago
December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सेन्ट जेभियर्स स्कुल, जावलाखेलले २१ औं फादर मोरन स्मृति अन्तरविद्यालय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सेन्ट जेभियर्सले मंगलबार भएको फाइनलमा नेपाल डनबस्को स्कुललाई २–१ ले हराउँदै अन्तरविद्यालय च्याम्पियन बनेको हो ।

विजयी टोलीका लागि निशान्त थापा मगर र स्पर्शजंग पाण्डेले गोल गरे । डनबस्कोका माइकल तामाङले गोल फर्काउका थिए । आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीको रातो टिमले क्रेसेन्ट एकेडेमीलाई २–१ ले हराउदै तेश्रो भयो । डनबस्कोका माइकल तामाङ उत्कृष्ट खेलाडी, विद्या संस्कारका उमिद रायमाझी उत्कृष्ट गोलकिपर, सेन्ट जेभियर्स गोदावरी रातोका सुमित थापा उत्कृष्ट रक्षक , सोही टोलीका थोमस तामाङ मोस्ट प्रोमिसिङ प्लेयरबाट सम्मानित भए ।
सेन्ट जेभियर्स जावलाखेलका ओमकृष्ण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिताभर १३ गोल गरेका उपाधि विजेता टोलीका निशान्त थापा मगर सर्वाधिक गोलकर्ता बने । नेपाल टेलिकमको प्रायोजनामा मंसिर १८ गतेदेखि सुरु प्रतियोगितामा १२ टिम सहभागी थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]