4 years ago
June 12, 2022
एजेन्सी – भेट्रान फरवार्ड इडिन्सन काभानी चम्कदा उरुग्वेले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । उरुग्वेले घरेलु मैदानमा पानमामाथि ५–० को सानदार जित निकालेको हो ।

मोन्टेभिडियोमा शनिबार राति भएको एकपक्षीय खेलमा उरुग्वको सानदार जितमा काभानीले दुई गोल गर्दा निकोलस डि ला क्रुज, म्याक्सिमिलियानो गोमेज र डिएगो रोस्सीले समान एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको उरुग्वेले दोस्रो हाफमा ४ गोल थपेको थियो ।
३९औं मिनेटमा काभानीको गोलबाट उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । ४८औं मिनेटमा काभानीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ५८औं मिनेटमा निकोलसले गोल गर्दै उरुग्वेलाई ३–० को अघि बढाए ।
६७औं मिनेटमा म्याक्सिमिलियानोले गोल गरेपछि उरुग्वे फराकिलो जिततर्फ अग्रसर बन्यो । ७७औं मिनेटमा डिएगो रोस्सीले गोल गर्दै उरुग्वेको फराकिलो जित पक्का गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]