3 years ago
June 12, 2022
एजेन्सी – भेट्रान फरवार्ड इडिन्सन काभानी चम्कदा उरुग्वेले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । उरुग्वेले घरेलु मैदानमा पानमामाथि ५–० को सानदार जित निकालेको हो ।

मोन्टेभिडियोमा शनिबार राति भएको एकपक्षीय खेलमा उरुग्वको सानदार जितमा काभानीले दुई गोल गर्दा निकोलस डि ला क्रुज, म्याक्सिमिलियानो गोमेज र डिएगो रोस्सीले समान एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको उरुग्वेले दोस्रो हाफमा ४ गोल थपेको थियो ।
३९औं मिनेटमा काभानीको गोलबाट उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । ४८औं मिनेटमा काभानीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ५८औं मिनेटमा निकोलसले गोल गर्दै उरुग्वेलाई ३–० को अघि बढाए ।
६७औं मिनेटमा म्याक्सिमिलियानोले गोल गरेपछि उरुग्वे फराकिलो जिततर्फ अग्रसर बन्यो । ७७औं मिनेटमा डिएगो रोस्सीले गोल गर्दै उरुग्वेको फराकिलो जित पक्का गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]