4 years ago
June 12, 2022
एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अमेरिकी न्यायाधिश जेनिफर डोर्सीले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेको हो ।मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिए । मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै खारेज गरिएको हो ।
३७ वर्षीय रोनाल्डोले उक्त महिलाले बलत्कारको आरोप लगाएपनि नकार्दै आईरहेका थिए । यस्तै बलात्कार मुद्दामा मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा रोनाल्डोले करिब पौने चार लाख डलर भुक्तानी गरिसकेको रिपोर्ट समेत बाहिर आएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]