4 years ago
June 13, 2022
एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा पहिलो हार बेहोरेको छ । पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भएको हो ।

स्वीट्जरल्यान्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै सिल्भान विडमेरको पासमा गोल गर्न सफल भएका थिए ।
सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । स्वीट्जरल्यान्डले भने आफ्नो अग्रतालाई जोगाउँदै पोर्चुगललाई पहिलो हार चखाउन सफल भयो ।
स्वीट्जरल्यान्डविरुद्ध टोलीका सर्वाधिक गोलकर्तासमेत रहेका लेजेन्ड रोनाल्डो २३ सदस्यीय टोलीमै रहेका थिएनन् । उनी नहुँदा टोलीमा केही प्रभाव देखिएको थियो । यसअघि गत साता पोर्चुगलले ४–० को फराकिलो जित निकाल्दा रोनाल्डोले दुई गोल गरेका थिए ।

पहिलो जितसँगै स्वीट्जल्यान्डले ४ खेलबाट ३ अंक जोडेको छ । टोली पुछारमै रहेको छ । पोर्चुगल ७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । स्पेन ८ अंक जोडेर शीर्षस्थानमा उक्लदा चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]