default_image

4 years ago

June 13, 2022

बिदाईमा मार्सेलो भावुक

416 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना भेट्रान डिफेन्डर तथा कप्तान मार्सेलोलाई औपचारिक रुपमा बिदाई गरेको छ । रियलले सोमबार एक कार्यक्रमका बीच आफ्ना लेजेन्ड सेन्टरब्याक ब्राजिली मार्सेलोलाई बिदाई गरेका हुन् ।

बिदाईपछि सम्बोधन गर्ने क्रममा मार्सेलो निकै भावुक बनेको थियो । उनको आँशु थामिएको थिएन । लेफ्ट ब्याक मार्सेलोको रियलसँगको सम्झौता यो जुनको अन्त्यसँगै सकिनेछ । मार्सेलोले क्लब छाड्नुअघि रियलले उनको लागि बिदाई कार्यक्रम राखेको हो ।

मार्सेलोले रियलमा १५ वर्ष बिताउँदा २५ उपाधि जित्दै क्लबको इतिहासमा लेजेन्ड खेलाडीको परिचय बनाएका छन् । मार्सेलोले रियलबाट ५ च्याम्पियन्स लिग र ६ स्पेनिस ला लिगासहित विभिन्न २५ उपाधि जितेका छन् ।

रियलमा आफ्नो सम्झौता सकिएपछि उनी फ्रि एजेन्ट बन्नेछन् । ३४ वर्षीय मार्सेलोलाई अनुबन्ध गर्न फेनरवाचसँगै मार्सेले पनि चासो देखाएको छ । यसअघि रियलले कप्तान तथा गोलरक्षक इकर कासिलास र डिफेन्डर तथा कप्तान सर्जियो रामोसलाई पनि बिदाई गरेको थियो ।

२००७ देखि रियल म्याड्रिडमा रहेका मार्सेलोले गत महिना पेरिसमा भएको च्याम्पियन्स लिगको उपाधि जित्दै रियलमा आफ्नो बसाई अन्त्य गर्ने निर्णय गरेको थियो । च्याम्पियन्स लिग फाइनलमा लिभरपुलविरुद्धको खेलपछि मार्सेलोले यो एक अविश्वसनीय भावना रहेको र आफ्नो अन्तिम खेल रहेको बताएका थिए ।

मार्सेलोले रियलका लागि कुल ५४५ खेल खेल्दा ३८ गोल र १०३ असिस्ट दिएका छन् । क्लबका लेजेन्ड रोबर्टाे कार्लाेसको प्रतिस्थापनको रुपमा अनुबन्ध गरेको थियो । उनी रियलमा खेल्ने फुलब्याकहरुमा उत्कृष्ट फुलब्याक हुन् । जुन उसले हात पारेको ट्रफीले पनि पुष्टि गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.