4 years ago
June 14, 2022
एजेन्सी – भेट्रान मिडफिल्डर तथा कप्तान लुका मोड्रिचको गोलमा क्रोएसियाले विश्व तथा नेसन्स लिग विजेता फ्रान्सलाई पराजित गरेको छ । फ्रान्स घरेलु मैदानमा क्रोएसियासँग १–० ले पराजित भएको हो ।

पेरिसमा सोमबार राति भएको खेलमा पाहुना टोली क्रोएसियाको जितमा कप्तान मोड्रिचले पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । कर्नरबाट आएको बलमा इब्राहिमा कोनाटले एन्टे बुदिमिरलाई फउल गर्न पुगेपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी प्रदान गर्दा मोड्रिच चुकेनन् ।
एक गोलले पछि परेको फ्रान्सले बल पोसेसन राख्दै क्रोएसियामाथि दवाव बढाएपनि गोल गर्न नसक्दा टोलीले घरेलु मैदानमा हार बेहोर्न पुग्यो । क्रोएसियाले भने उक्त अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो । क्रोएसियाले फ्रान्सलाई १०औं खेलमा हराएको हो । यसअघिको ९ भेटमा ६ खेलमा हार बेहोर्दा ३ खेल बराबरीमा सकिएको थियो ।

यो हारसँगै साविकको विजेता फ्रान्स नेसन्स लिगको अन्तिम चारको लागि छनोट हुन असफल भएको छ । फ्रान्स नेसन्स लिग ए ग्रुप १ मा जितविहीन बन्दै छनोट हुन असफल भएको हो । फ्रान्सले दुईमा हार र दुईमा बराबरी खेल्दै समूहमा २ अंक जोडेर पुछारमा रहेको छ । टोली शीर्ष स्थानको डेनमार्कसँग ७ तथा दोस्रो स्थानको क्रोएसियासँग ५ अंकले पछि परेको छ ।
यो जितपछि क्रोएसियाको ४ खेलबाट ७ अंक पुगेको छ । पराजित फ्रान्स २ अंक जोडेर पुछारमा रहेको छ । डेनमार्क ९ अंक जोडेर शीर्षस्थानमा रहँदा अष्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अब समूह चरणमा दुई खेल बाँकी रहँदा फ्रान्सलाई रेलिगेसनको डर बढेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]