4 years ago
June 14, 2022
एजेन्सी – दक्षिण एसियाली राष्ट्र भारत एएफसी एसियन कप २०२३ का लागि छनोट भएको छ । भारत समूह चरणको एक खेल बाँकी छँदै पाँचौपटक एसियन कपमा छनोट हुन सफल भएको हो ।

एएफसी एसियन कप छनोटअन्तरगत समूह बीको खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले पराजित गरेपछि समूह डी मा रहेको भारतले एक खेल खेल्नु अघि नै एसियन कपमा स्थान बनाएको हो ।
समूह डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ । समान अंक भएको हङकङ भने शीर्ष स्थानमा छ । सोही समूहमा रहेका अफगानिस्तान र कम्बोडिया बाहिरिएका छन् । मंगलबार प्यालेस्टाईनले फिलिपिन्सलाई हराएपछि कम्तीमा पनि दोस्रो उत्कृष्ट टोलीका रुपमा भारतको एसियन कपमा स्थान पक्का भएको थियो ।

अन्तिम खेलको समाप्ती पश्चात् समूह बी मा ४ अंकका साथ फिलिपिन्स दोस्रो स्थानमा छ । यस अर्थमा एक खेल खेल्न बाँकी छँदै फिलिपिन्सको भन्दा बढीे अंक भएपछि भारत भाग्यमानी सावित भएको हो ।
समूह चरणको अन्तिम खेलमा भारतले मंगलबार राती नै हङकङसँग खेल्दैछ । यो खेलको नतिजाले समूह डी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
भारत एसियन कपको इतिहास मै पहिलोपटक लगातार दुई संस्करणको एसियन कपका लागि छनोट भएको हो । यसअघि सन् २०१९ मा युएईमा सम्पन्न गत संस्करणको एएफसी एसियन कपमा पनि भारतले सहभागिता जनाएको थियो । त्यसबेला भारत समूह चरणबाटै बाहिरिएको थियो ।
एसियन कपको इतिहासमा भारतले उत्कृष्ट नतिजा भने सन् १९६४ मा हात पारेको थियो । त्यतिबेला फाइनलसम्म पुगेको भारत इजरायलसँग पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]