default_image

4 years ago

June 14, 2022

कोम्पनी बर्नलेको प्रशिक्षकमा नियुक्त

187 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा लेजेन्ड सेन्टर ब्याक भिन्सेन्ट कोम्पनी बर्नलेको प्रशिक्षकमा नियुक्त भएको छ ।

यसअघि बेल्जियन क्लब एन्डरलेक्टको प्रशिक्षक रहेका कोम्पनी च्याम्पियनसिप क्लबमार्फत प्रशिक्षकको भूमिकामा इंग्ल्याण्ड फर्किन लागेका हुन् । दुई वर्ष एन्डरलेक्टका प्रशिक्षक रहेका कोम्पनीले आपसी समझदारीमा बेल्जियन क्लब छाड्दै च्याम्पियनसिप क्लब रोजेका हुन् ।
३६ वर्षीय कोम्पनीले अब बर्नलेमा माइक ज्याक्सनको स्थान लिनेछन् । गत अप्रिलमा सिन डायचलाई बर्खास्त गर्दै बर्नलेले माइकलाई अन्तरिम प्रशिक्षक बनाएको थियो तर उनले टिमलाई प्रिमियर लिग रेलिगेसनबाट बचाउन सकेनन् ।

बर्नलेमा अनुबन्ध भएपछि कोम्पनीले आफू चुनौतीका लागि उत्साहित रहेको बताए । ‘म चुनौतीलाई लिएर उत्साहित छु ।’ कोम्पनीले भने ‘बर्नले साँच्चै ऐतिहासिक इंग्लिस क्लब हो । टोलीको प्रशिक्षक बन्न पाउँदा उत्साहित छु ।’

कोम्पनीले २०१९ मा आफ्नो बाल्यकालको क्लब एन्डरलेक्टमा खेलाडी र प्रशिक्षकको रुपमा आबद्ध भएका थिए । त्यहीबाट उनले प्रशिक्षणको करिअर सुरु गरेका थिए । कोम्पनीले २०२० अगस्टमा एन्डरलेक्टको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा एन्डरलेक्टले ९० खेल खेल्दा ४१, जित, ३० बराबरी र १९ हारको नतिजा निकालेको छ ।

उनको प्रशिक्षणको पहिलो वर्ष एन्डरेलेक्ट बेल्जियन लिगमा चौथो भएको थियो । उनको टोली च्याम्पियन क्लब ब्रुगभन्दा ११ अंकले पछि रहेको थियो । कोम्पनीले यसअघि ११ वर्ष सिटीबाट फुटबल खेल्दा चार प्रिमियर लिगसहित १० उपाधि जितेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.