default_image

3 years ago

June 15, 2022

फिफा विश्वकप कतार २०२२ मा कुन महादेशबाट कुन राष्ट्र ?

456 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुदैछ ।

विश्वकप फुटबलको इतिहासमा पहिलोपटक खेलहरु विन्टर सिजनमा हुन लागेको हो । यसअघि हरेक चार वर्षको अन्तरमा समरमा हुँदै आएको थियो । विश्वकप नजिकिदै गर्दा विश्वकप छनोटका खेल पनि सकिएको छ ।

महादेशीय छनोट, महादेशीय र अन्तरमहादेशीय प्ले अफबाट विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै ३२ टोलीको टुंगो लागिसकेको छ । कोन्काफ क्षेत्रको कोस्टा रिका विश्वकपमा स्थान बनाउने अन्तिम तथा ३२औं राष्ट्र बनेको छ ।

विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट ५, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान छ ।

युरोप
युरोपबाट सर्वाधिक धेरै १३ राष्ट्रले विश्वकपमा सहभागिता जनाउन पाउनेछन् । युरोपबाट अहिलेसम्म १२ राष्ट्रले कतारको यात्रा तय गरिसकेका छन् । प्ले अफको फाइनलमा वेल्सले स्कटल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाइसकेको छ । युरोपबाट जर्मनी, डेनमार्क, साविक विजेता फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स विश्वकपमा छनोट भएका हुन् ।

दक्षिण अमेरिका
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना र उरुग्वे र इक्वेडर छनोटमा शीर्ष चारमा रहँदै सिधै विश्वकपमा छनोट भएको छ ।दक्षिण अमेरिकी क्षेत्रबाट यसपटक कोलम्बिया र चिली विश्वकपमा छनोट हुन सकेनन् ।

उत्तर तथा मध्य अमेरिका (कोन्काफ)
कोन्काफ क्षेत्रमा विश्वकप छनोट प्रतियोगितामा आठ टोलीको सहभागिता छ । त्यहाँ पनि शीर्ष तीन टोली सीधै विश्वकपमा छानिनेछन् । यहाँबाट क्यानडाले जमैकालाई हराएर ३६ वर्षपछि विश्वकपमा छानिएको छ । अमेरिका र मेक्सिको पनि छनोट भएको छ । छनोटमा चौथो स्थानमा रहेको कोस्टा रिकाले प्ले अफमा ओसियाना क्षेत्रबाट प्ले अफमा स्थान बनाएको न्युजिल्यान्डलाई हराएर विश्वकपमा स्थान पक्का गरेको छ ।

अफ्रिका
अफ्रिकाबाट विश्वकप खेल्ने सबै पाँचै टोलीको छिनोफानो भइसकेको छ । अफ्रिकाबाट यसपल्ट होम एन्ड अवेको आधारमा दुई लेगको प्ले अफमार्फत विश्वकप खेल्ने टोलीको टुंगो लगाइएको हो । जसअन्तर्गत घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुनले सफलता हात पार्दै विश्वकपमा छनोट हुन सफल भएको छ । यसपटक अफ्रिकाबाट बुर्किना फासो, आइभोरी कोस्ट, गावोन, दक्षिण अफ्रिका, नाइजेरिया र अल्जेरियाजस्ता बलियो टोली विश्वकपमा देखिने छैन ।

एसिया
एसियाबाट पाँच टोलीले सिधै र छनोटमा पाँचौ हुने टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नुपर्ने प्रावधान छ । कतारले आयोजकका रूपमा विश्वकपमा स्थान बनाइसकेको छ । त्यसबाहेक इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापानले विश्वकपमा स्थान बनाएका छन् । प्ले अफमा अष्ट्रेलियाले युनाटेड अरब इमिरेट्सलाई तथा अन्तरमहादेशीय प्ले अफको फाइनलमा कन्वेललको छनोटमा पाँचौ स्थानमा रहेको टोली पेरुलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विश्वकपमा छनोट हुन सफल भयो ।

ओसियाना
ओसियाना क्षेत्रबाट कुनैपनि राष्ट्रले सिधै विश्वकपमा छनोट हुन पाउँदैनन् । उनीहरुलाई अन्तरमहादेशीय प्लेअफबाट विश्वकपमा छनोटको हुने बाटो हुनेछ । ओसियाना छनोटको फाइनलमा सोलोमोन आइल्यान्डलाई ५–० ले पराजित गर्दै न्युजिल्यान्डले प्लेअफमा स्थान बनाएको थियो । तर, न्युजिल्यान्ड कोन्काफ क्षेत्रको छनोटमा चौथो भएको कोस्टा रिकासँग १–० ले पराजित भएपछि विश्वकपमा छनोट हुनबाट वञ्चित बन्यो ।

छनोट भएका राष्ट्रहरु

युरोप – जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स

दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

उत्तर तथा मध्य अमेरिका (कोन्काफ) – क्यानडा, अमेरिका, मेक्सिको र कोस्टा रिका

एसिया – कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया

दक्षिण अफ्रिका – घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

समुह विभाजन
समूह ‘ए’ –
कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान
समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र क्रोएसिया
समूह ‘जी’ – ब्राजिल, सर्विया, स्वीट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’ – पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.