default_image

4 years ago

June 15, 2022

बालगोपाल महिला टोलीको प्रशिक्षक

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । नेपाली महिला टोली राष्ट्रिय टोलीको नियमित प्रशिक्षण अन्तरगत एसियन कपको लागि प्रशिक्षणमा रहेका छन् ।

राखेप अन्तरगत फुटबलकै करार प्रशिक्षक रहेका महर्जनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले सफल प्रशिक्षको छवि बनाएका महर्जनलाई महिला टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेका हुन् ।

अब उनको प्रशिक्षणमा महिला टोलीले एसियन गेम्स खेल्नेछ । प्रशिक्षक महर्जनले राखेपले सुरु गरेको नियमित प्रशिक्षण अन्तरगत फुटबल टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

‘राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगत म करारमा प्रशिक्षक थिए । त्यही अनुसार खेलकुद परिषद र मन्त्रालयमा अन्तरगत मन्त्रालयको कार्यक्रम भएकाले उहाहँरुले मलाई जिम्वेवारी दिनुभएको हो । मैले त्यसलाई सहर्ष स्वीकार गरेको हुँ ।’ प्रशिक्षक महर्जनले भने, ‘मुख्य प्रशिक्षक नै भनेको छ । क्षमताको आधारमा सहयाक प्रशिक्षकमा थपघट हुन सक्ने भनेको छ । मेरो १० वर्षको प्रशिक्षण करियर दौरानमा मैले पहिलोपटक महिला टोलीलाई सम्हाल्ने मौका पाएको छु । नयाँ जब हो, नयाँ च्यालेन्ज छ । त्यो च्यालेन्जलाई सामना गर्न तयार छु ।’

प्रशिक्षक महर्जनले मौसमको अवस्थालाई ध्यानमा दिँदै मैदान बिगार्न नचाहेकाले साताको केही दिन ट्रयाकमा प्रशिक्षण गरिरहेको र सातामा दुई देखि तीन दिन फिल्डमै प्रशिक्षण गरिने बताए ।

‘हामीले मौसमको अवस्थालाई हेरेर प्रशिक्षण गरिरहेका छौं । फिल्डमा कम प्रशिक्षण गरिरहेका छौं । मैदान बिगार्न नचाहेको हो ।’ प्रशिक्षक महर्जनले भने, ‘हामीसँग पर्याप्त समय छ । अहिले फिटनेसमा केन्द्रित छौं । हामीले साफमा स्वर्ण जित्न सकेको छैन । यो प्रशिक्षण निरन्तर हुन सके यसले पाकिस्तानमा हुने साफलाई पनि मद्दत गर्नेछ । राम्रो गर्दै जाने हो भने माथि पुग्न सकिन्छ ।’

उनले प्रशिक्षणले मात्रै नपुग्ने र वैदेशिक प्रशिक्षणसँगै मैत्रीपूर्ण खेलको अवसर पाए राम्रो हुने थपे । ट्रेनिङ किट्स र साम्रगीको विषयमा प्रशिक्षक महर्जनले यो एन्फाको कार्यक्रम होइन राखेपको हो । प्रोसेसमा छ । छिट्टै आउछ । हामीसँग हामीलाई आवश्यक साम्रगी रहेको बताए ।

राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २००५ मा सन्यास लिएका थिए । त्यसपछि उनी प्रशिक्षणतर्फ लाग्ने निधो गरे । महर्जनको प्रशिक्षणमा नेपालले वि.स. २०७२ सालमा स्वदेशमा आयोजना भएको साफ यू १९ फुटबलमा नेपालले उपाधि जित्न सफल भए।

अर्को वर्ष बंगलादेशमा आयोजना भएको बंगबन्धु गोल्डकपमा नेपाल उनकै प्रशिक्षणमा च्याम्पियन बन्न सफल भएको थियो । २०७५ मंसिरमा स्वदेशमा आयोजना भएको १३औं सागमा उनले यु–२३ पुरुष टिमलाई स्वर्ण जिताए । २०७७ चैतमा उनले राष्ट्रिय टोलीलाई थ्री नेसन्स कपको समेत उपाधि दिलाएका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.