3 years ago
June 16, 2022
एजेन्सी – यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयन सार्वजनिक भएको छ । अवार्ड आयोजक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु–२१ खेलाडीलाई समावेश गरि शीर्ष १०० को मनोनयन सार्वजनिक गरेको हो ।
यसपटकको अवार्डको मनोनयनमा यसपटक प्रिमियर लिगबाट सबैभन्दा धेरै १० खेलाडी परेका छन् । यो अवार्डबाट एक क्यालेन्डरमा २१ वर्षमुनिका उत्कृष्ट एक खेलाडी पुरस्कृत हुने गर्दछ । यो अवार्ड दिग्गज खेलाडीहरुले जितिसकेका छन् ।
साविकको विजेता बार्सिलोनाका पेड्रीसँगै अन्सु फाती, निको, पाब्लो गाभी र एलेजान्द्रो बाल्डे पनि मनोनयनमा परेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट मिडफिल्डर इडुआर्डाे कामाभिंगा, बायर्न म्युनिखका जमल मुसिएला र रायन ग्राभेनवर्च, बोरुसिया डर्टमुन्डका जुडे बेलिङ्घम, करिम एडियमी, अन्सगर नफ, युसोउफा मौकाको र जियो रेना मनोनयनमा परेका छन् ।
रेन्नेसका जेरेमी डोकु, म्यानचेस्टर युनाइटेडका एन्थोनी इलांगा, जुरिचका वेलफ्रेड नोन्टो, आरबी लाइप्जिगका इलिएक्स मोरिवा, पिएसजीका नुनो मेन्डेस र भिल्लारिलयका यारेमी पिनो पनि मनोनयनमा परेका छन् ।
प्रिमियर लिगबाट हार्भे इलिएट, एडम डियालो, फावियो सिल्भा, कि जान होभर, पापे माटर यान काउटो, काक्पर कोज्लोस्की र जोइ जेलहार्ट मनोनयनमा परेका छन् ।
निर्णायकहरुले विभिन्न चरणमा खेलाडी कटौती गर्दै वर्षको अन्त्यमा विजेता घोषणा गर्नेछन् । निर्णाहरुले उनीहरुले गरेको प्रदर्शनको आधारमा क्रमश १०, ७, ५, ३ र १ अंक प्रदान गर्ने गर्दछ । गत वर्ष क्याटलान क्लब बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रोले यो अवार्ड हात पारेका थिए ।
हालसम्मको गोल्डेन ब्वाय अवार्ड विजेताहरु
२००३ – राफयल भन डेर भार्ट (आयाक्स)
२००४ –वाइने रुनी (एभर्टन/म्यानचेस्टर युनाइटेड)
२००५ – लियोनेल मेस्सी (बार्सिलोना)
२००६ – सेस फाब्रिगास (आर्सनल)
२००७ – सर्जियो अगुएरो (एट्लेटिको म्याड्रिड)
२००८ – एन्डरसन (म्यानचेस्टर युनाइटेड)
२००९ – एलेक्स पाटो (एसी मिलान)
२०१० – मारियो बालाटेली (इन्टर मिलान/म्यानचेस्टर सिटी)
२०११ – मारियो गोट्जे (बोरुसिया डर्टमुन्ड)
२०१२ – इस्को (मालगा)
२०१३ – पउल पोग्वा (युभेन्टस)
२०१४ – रहिम स्टर्लिङ (लिभरपुल)
२०१५ – एन्थोनी मार्सियाल (मोनाको/म्यानचेस्टर युनाइटेड)
२०१६ – रेनाटो साञ्चेस (बेन्फिका/बायर्न म्युनिख)
२०१७ – केलियन एमबाप्पे (मोनाको/पीएसजी)
२०१८ – म्याथियस डि लेग्ट (आयाक्स)
२०१९ – जोआओ फेलिक्स (बेन्फिका/एट्लेटिको म्याड्रिड)
२०२० – एर्लिङ ब्राउट हालान्ड (बोरुसिया डर्टमुन्ड)
२०२१ – पेड्री (बार्सिलोना)
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]