4 years ago
June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले बन्द प्रशिक्षणका बेला सिनियर खेलाडीहरु आफैं होटल छाडेर नगएको बताएका छन् ।

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेल खेलेर बिहीबार स्वदेश फर्किएपछि कप्तान श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नै खेलाडीलाई जान निर्देशन दिएपछि खेलाडीले होटेल छाडेको बताए ।
‘खेलाडीहरू आफै निस्किएर गएको होइनन् । कोचले तिमीहरू जान सक्छौ भनेपछि खेलाडीहरू गएका हुन् । खेलाडीहरू आफैं होटेल छोडेर गएको चै हैन ।’ नवयुगले भने, ‘कोचले खेलाडीहरूलाई होटेल छोडेर जान सक्छौ भन्ने कुरा चाहि चित्तबुझ्दो छैन । कोच आउने नआउने एन्फासँग सम्बन्धित कुरा हो । हामीलाई केही थाहा छैन ।’
यस्तै कप्तान श्रेष्ठले छनोटमा आशाअनुरुपको प्रदर्शन गर्न नसकेपनि नयाँ खेलाडीको प्रदर्शन राम्रो रहेको बताए । ‘हामी छनोट हुन सकेनौ तर, नयाँ भाइहरूको प्रदर्शन चित्तबुझ्दो छ । जुन विवाद थियो, त्यो नेपालबाट गएपछि सकियो । नयाँ खेलाडीहरू सुरुमा खेल्न डराएजस्तो भएपनि पछि राम्रो भयो ।’

नवयुगले भने, ‘नवयुगले भइरहेका खेलाडी नहुँदा टोलीको प्रदर्शनमा फरक पर्नु स्वभाविक हो । पुराना खेलाडीहरू भएको भए केही फरक नतिजा आउथ्यो होला । हामी बलियो समूहमा परेका थियौ । प्रदर्शनको हिसाबमा चै केही राम्रो पक्कै हुने थियो । जोर्डनसँग २–० भन्नु राम्रो जस्तो लाग्छ । कुवेतसँगको खेल पनि राम्रै भयो । इन्डोनेसियासँग कोचले नयाँ खेलाडीहरूलाई खेलाउने कुरा गर्नुभयो । त्यही भएर गोल धेरै निस्कियो ।’
उपकप्तान पुजन उपरकोटी प्रतियोगिताबाट नयाँ खेलाडीहरूले राम्रो अनुभव बटुल्ने मौका पाएको बताए । छनोटका एकमात्र गोल गर्न सफल फरवार्ड दर्शन गुरुङले नयाँ खेलाडीले यत्तिको नजिता निकाल्नु सन्तोषजनक भएको बताए ।
३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै रहेका छन् । प्रशिक्षक अलमुताइरी एन्फासँग बिदा लिएर आफ्नो देश कुवेतमै बसेका हुन् ।
सिनियर ११ खेलाडीविनै कुवेत भ्रमणमा पुगेको नेपाल समूह ‘ए’ मा जित र अंकविहीन बन्दै पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो ।
उक्त खेलमा दर्शन गुरुङले ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका थिए । ४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध पहिलो गोल गरेका थिए । त्यो नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो ।
तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० को भारी अन्तरले पराजित हुन पुगेको थियो । इन्डोनेसियासँगको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिन पुग्दा फराकिलो हार बेहोर्न पुगेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]