4 years ago
June 17, 2022
एजेन्सी – इजिप्टियन फुटबल एसोसिएसनले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एहाब गलाललाई बर्खास्त गरेको छ । ५४ वर्षीय गालाल तीन खेलपछि नै बर्खास्तीमा परेका हुन् ।

इजिप्ट विश्वकपमा छनोट हुन नसकेपछि उनी गत अप्रिलमा कार्लोस क्विरोजको स्थानमा प्रशिक्षक बनेका थिए । दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा ४–१ को हार र २०२३ को अफ्रिका कप अफ नेसन्स क्वालिफायरमा इथियोपियासँग २–० को हारपछि उनी बर्खास्तीमा परेका हुन् ।
जुनमा आफ्नो पहिलो खेलमा इजिप्टले नेसन्स कप क्वालिफायरमा गिनियामाथि १–० को जित निकालेको थियो । त्यसपछिको दुवै खेलमा हार बेहोर्न पुग्यो । चोटका कारण दुवै खेलमा आफ्नो कप्तान मोहम्मद सलाह नहुनु गलालका लागि महँगो साबित बन्यो ।
ईएफए बोर्ड सदस्य हाजेम इमामले विदेशी प्रशिक्षक नियुक्त गर्न खोजिरहेका बताएका छन् । ‘धेरै विदेशी प्रशिक्षकहरूसँग वार्तामा छ । एक प्राविधिक निर्देशक पनि ल्याउनेछ ।’ इमामले भने, ‘म प्रशिक्षक एहाब गलाललाई धन्यवाद दिन चाहन्छु, एक धेरै सम्मानजनक व्यक्ति, जसले केही कठिन परिस्थितिहरूमा काम गरे । म उहाँसँग माफी माग्न चाहन्छु, तर कहिलेकाहीँ दबाब धेरै हुन्छ र हामीले देख्यौं कि यो सबैको लागि परिवर्तन गर्नु राम्रो हुनेछ ।’
पोर्चुगल र इरानका प्रशिक्षक तथा सर एलेक्स फर्गुसनका सहायक रहेका क्विरोजले इजिप्टलाई कीर्तिमानी सातौं पटक अफ्रिका कपको फाइनलमा पु¥याएका थिए । टोली टाइब्रेकरमा सेनेगलसँग पराजित भएको थियो । कतारमा हुने विश्वकपको अफ्रिकाको प्लेअफमा इजिप्ट सेनेगलसँगै टाइब्रेकरमा पराजित हुँदै विश्वकपबाट वञ्चित बन्न पुगेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]