default_image

4 years ago

June 19, 2022

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

204 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड पोखरा हेमजामा जारी छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

गौरीशंकर खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कालिका स्पोट्र्स क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । दोस्रो हाफमा आशिष चौधरीले गरेको गोल नै चर्च ब्वाइजको जितमा निर्णायक बन्यो । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा दोस्रो हाफको शुरुमा लिएको अग्रताले चर्च ब्वाइज अन्तिम चारमा पुग्न सफल भयो ।

खेलको दोस्रो मिनेटमा नै चर्च ब्वाइजका कप्तान मिलन राईको पासमा आशिष चौधरीको प्रहारले पोस्टको दिशा लिन सकेन । २५औं मिनेटमा निशान खड्काको लामो प्रहारलाई कालिकाका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दा रिवाउन्डमा आशिषको पासमा हेमन्तको प्रहारले पोस्टको दिशा लिन सकेन ।

५३औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । अशोक खवासको लामो पासलाई आसिषले नियन्त्रणमा लिदैं गरेको प्रहार गोलरक्षक प्रदिप भण्डारीलाई बिट गर्दै गोलमा परिणत भयो । त्यसपछि थप गोल निस्कन नसक्दा चर्च ब्वाइज विजयी हुन सफल चयो ।

खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.