3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य रहिसकेका मिडफिल्डर योगेश गुरुङको घुँडाको सफल शल्यक्रिया भएको छ ।
गत सिजन चर्च ब्वाइज युनाइटेडलाई सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनाउन महत्व भूमिका खेलेका गुरुङको आइतबार ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा शल्यक्रिया सम्पन्न भएको हो ।
‘बी’ डिभिजन लिग अन्तर्गत नयाँबस्ती युथ क्लबविरुद्धको खेलमा ल्यान्डिङ नमिल्दा उनले बायाँ खुट्टाको घुँडामा चोट बोक्न पुगेका थिए । त्यस यता उनी मैदान बाहिर रहेका छन् । घुँडाको एमआरआई रिपोर्टमा उनको एसीएल र मिनिस्कसमा चोट लागेको देखिएको क्लबका फिजियो आरज्ञ खड्काले बताए ।
‘एमआरआई रिपोर्ट अनुसार बी एन्ड बीका वरिष्ठ डाक्टर डा. अमित जोशीले शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभयो । त्यही अनुसार हामीले खेलाडीलाई दुई हप्ता प्रि रिह्याव गरायौ । शल्यक्रिया अलि अगाडि नै हुनुपर्ने हो तर स्थानीय चुनावले गर्दा केहि ढिलाई भयो ।’ फिजियो आरज्ञाले भने, ‘डक्टरको अनुसार शल्यक्रिया राम्रै भएको छ । अब केही हप्ताको आरामपछि हामी उनको रिह्याव सुरु गर्नेछौ । उनलाई चाँडो भन्दा चाँडो मैदानमा फर्काउन प्रयास गर्नेछौ ।
शल्यक्रियापछि उनको अवस्था सामान्य नै रहेको छ । उनलाई मैदान फर्कन कम्तीमा पनि ६ देखि ९ महिना लाग्न सक्ने छ ।
दुई पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन गुरुङको घुँडामा लागेको यो पहिलो चोट भने हैन । दुई वर्ष पहिले उनले दायाँ खुट्टाको घुँडामा एसीएल र मिनिस्कस कै चोट बोकेको थियो ।
लामो समय थ्री स्टारमा बिताएका उनले त्यहीबाट २०६९ मा लिग जितेको थियो । योगेशले २०७५ मा च्यासलबाट खेलेका थिए । त्यसपछि उनी मछिन्द्र फुटबल क्लबमा आबद्ध भएका थिए । उनले मनिन्द्रबाट २०७६ मा लिग जित्न सफल भएका छन् । उनले मोफसलमा थ्री स्टारसँगै झापा ११ फुटबल क्लबलगायतका अन्य क्लबहरुबाट पनि खेलेका छन् ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]