default_image

4 years ago

June 20, 2022

एन्फा निर्वाचन आज – अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षको कार्यकालका लागि सोमबार केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि सोमबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने पक्का रहँदा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव राज पौड्यालले पनि चुनौती पेश गरेका छन् । समूह बनाएर चुनावी माहोल आफ्नो पक्षमा पार्न क्याम्प नै खडा गरेका कारण अध्यक्षमा कर्मा र पंकजबीच नै तीव्र प्रतिस्पर्धा हुने पक्का छ । पौड्याल स्वतन्त्र उमेदवार हुन् ।

कर्मा र पंकजले २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन् । साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको छ । १५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । सदस्यमा मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवालले प्यानलविनै उमेदवारी दिएका छन् ।

मतदाता
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन् । निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भएपनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन् । भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट वञ्चित भएका थिए ।

यस्तै, एन्फाको विधानविपरित मताधिकार दिइएको भन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको छ । निर्वाचनमा १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मत हाल्नेछन् । यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ क्लबले मत दिनेछन् । एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन् ।

पाँच सदस्यको उमेदवारी फिर्ता
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिको सचिवालयका अनुसार सदस्यका उमेदवार मणिराज लिम्बु, विमला पौडेल, बालकृष्ण सिंह ठकुरी र शम्भुसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका थिए । रमेश श्रेष्ठको उम्मेदवारी रद्ध भएको थियो । सदस्य पदकै उमेदवार कृष्ण मुरारी गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तर, समयसिमाभन्दा बाहिर रहेकाले उनको नाम निर्वाचन तालिकामा हट्नेछैन।

शेर्पा प्यानल
अध्यक्ष – कर्मा छिरिङ शेर्पा
वरिष्ठ उपाध्यक्ष – शिक्षित पराजुली
उपाध्यक्ष – उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा, दीर्घ बहादुर केसी (कुमार) र रत्न कुमार श्रेष्ठ
सदस्यहरु – अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, पेमा डोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठौंर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण कुमार यादव, राम राज गुरुङ, मणि राज विष्ट र टिका लामा

पंकज प्यानल
अध्यक्ष – पंकज विक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – विर बहादुर खड्का
उपाध्यक्ष – विराट जंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी
सदस्यहरु – महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ

स्वतन्त्र उमेदवार अध्यक्ष – राजीव राज पौड्याल
स्वतन्त्र उमेदवार सदस्य – मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.